site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको वार्ता रद्द, अमेरिकालाई चेतावनी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । उत्तर कोरियाले फेरी एक पटक विश्व समुदायलाई चकित पार्दै दक्षिण कोरियासँग हुने भनिएको उच्च स्तरीय वार्ता रद्द गरेको छ । उत्तर कोरियाको सरकारी मीडियाका अनुसार उत्तर कोरियाले छिमेकी मुलुक र अमेरिकाको जारी संयुक्त सैन्य अभ्यासबाट असन्तुष्टि जनाउँदै यस्तो निर्णय गरेको हो । 
उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएले लेखेको छ, अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यास ‘उक्साहटयुक्त’ छ । एजेन्सीले अमेरिकालाई पनि उत्तर कोरियाली नेता किम जोंग–उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच १२ जुन महिनामा हुने भनिएको बहुप्रतीक्षित भेटघाटको भविष्यलाई लिएर पनि चेतावनी दिएको छ । 
रद्द गरिएको वार्ता असैन्यकृत क्षेत्र पनमुनजोममा बुधवारका लागि निर्धारण गरिएको थियो । वार्तामा दुवै मुलुकका प्रतिनिधिहरुले २७ अप्रिलमा दुवै देशका राष्ट्र प्रमुखबीच भएको छलफलका क्रममा भएको सहमतिलाई अगाडि बढाउने बारेमा विचार विमर्श हुने बताइएको थियो । 
पनमुनजोम कोरियाली प्रायद्वीपको यस्तो स्थान हो, जहाँ उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकी सैनिक एक–अर्कासँग साक्षात्कार हुन्छन् । सन् १९५३ पछि यो स्थानमा युद्ध विराम लागू भएको थियो । 
उत्तर कोरियाली नेता किम जोंग–उन र दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले द्विपक्षीय भेटवार्ता पछि कोरियाली प्रायद्वीपलाई परमाणु हतियारबाट मुक्त गर्ने सहमति जनाएका थिए । दुवै जनाले १९५३ को युद्धविरामलाई औपचारिक रुपले यस वर्ष शान्ति सन्धिमा परिणत गर्ने पनि इच्छा जाहेर गरेका थिए । 

https://www.bbc.com/hindi/international-44132537

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  ०२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC