site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
टुंगियो एकता, नेतृत्व पालैपालो, ४४१ केन्द्रीय कमिटी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया टुंगो लागेको छ । बिहीबार बिहान एकता संयोजन समितिको बैठकले बाँकी रहेका सामान्य विषय मिलाएर दिउँसो एकता घोषणा गर्ने दुवै दलले तयारी गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान भएको वार्तामा विवादित विषय टुंगो लागेको थियो ।
त्यसपछि दुवै दलले बैठक बोलाएर दुई नेताबीचको सहमति अनुमोदन गरेका छन् ।

एमाले स्थायी कमिटी र माओवादी हेडक्वाटर बैठकले दुई नेताबीच भएको सहमति अनुमोदन गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सहमतिअनुसार अब पार्टीको नेतृत्व दुवै नेताले पालैपालो गर्नेछन् । नयाँ बन्ने पार्टीमा नेकपा एमालेका २४१ र २०० माओवादीका नेता रहेको केन्द्रीय कमिटी बन्नेछ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार बिहीबार हुने एकतापछि नयाँ बन्ने पार्टीको केन्द्रीय कमिटीको संख्या ४४१ हुने, ४३ सदस्यीय स्थायी कमिटी र चुनाव चिन्ह सूर्य हुनेछ ।
२४१ एमाले र २ सय माओवादीका केन्द्रीय कमिटीमा रहनेछन् ।

Global Ime bank

स्थायी कमिटीको बैठकले दुई अध्यक्षबीच भएको निर्णयलाई स्वागत गरेको भट्टराईले जानकारी दिए ।

“पार्टी एकता कुन साल, कुन महिनामा होला भन्ने थियो” उनले भने, “ कुन दिन भन्दै अब घण्टातिर आएका छौं । निर्वाचन आयोगमा प्रस्तुत गर्ने विधान, लगायतका विषय एकता संयोजन समितिले टुंगो लगाउनेछ ।”

यसअघि एमालेका नेता वामदेव गौतमले बिहीबार नै पार्टी एकता हुने बताए ।

स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले बिहीबार नै पार्टी एकता हुने बताएका हुन् ।

“भोलि नै पार्टी एकता हुन्छ,” गौतमले भने, “एकता संयोजन समितिको बैठकले सबै कामको टुंगो लगाउँछ । बेलुकासम्म पार्टी एकताको घोषणा हुन्छ ।”

माओवादी केन्द्रको बैठकपछि प्रवक्ता पम्फा भुसालले पनि बिहीबार दिउँसो पार्टी एकताको घोषणा गरिने जानकारी दिइन् । उनले अहिलेसम्म देखिएका सबै विवादित विषयहरु हल भएको बताइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  २२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC