काठमाडौं । काठमाडौं विश्वविद्यालयको शिक्षा शास्त्र संकाय (कुसोएड)का पूर्व विद्यार्थीको एक भेलाले डा. भोलाप्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । भेलाका सहभागीले बताएअनुसार हात्तीवनस्थित कुसोएड क्याम्पसमा भएको भेलामा एक सय दस जना सहभागी थिए । समितिका सदस्यहरूमा डा. जीवन खड्का, डा. लक्ष्मी पौडेल, दीनेशकुमार थापा, उष भुसाल, पूजा कार्की, लीला विश्ववकर्मा, सञ्जय तिमिलसिना, विश्वनाथ कँडेल रहेका छन् ।
काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनबाट अहिलेसम्म १ हजार ३५० विद्यार्थीले विद्यावारिधि, एमफिल, शिक्षामा स्नातकोत्तर तथा पोस्ट ग्य्राजुएट डिप्लोमा गरिसकेका छन् । एलुम्नाइ एसोसियनको उद्देश्य आपसका सम्पर्क र सहकार्य बढाउनुका साथै विद्यार्थीहरूलाई विभिन्नरूपमा आवश्यक सहयोग उपलब्ध गराउनु रहेको छ ।