site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले आफ्नो पहिलो निशाना नै गुण्डागर्दी नियन्त्रण गर्ने रहेको बताएका छन् ।
बुधबार चितवनमा पदभार ग्रहण गर्दै एसपी राठौरले चितवन अन्य जिल्लाभन्दा फरक रहेको आफूले जानकारी पाएको भन्दै गुण्डाहरुको नाम लिस्ट लिएर उनीहरुमाथि कडा निगरानी गर्ने बताए ।
उनले भने, “एक प्रहरी प्रमुख सरुवा हुने र अर्को भर्खरै आएको अवस्थामा गुण्डाहरु बढी चल्मलाउने गर्छन् । तर, म शिर उठाउन दिन्न ।”
प्रहरीमा रेकर्ड रहेकाहरुको सूचीअनुसार सबै किसिमका निगरानी बढाउने  तर आफ्नै पेसा व्यवसाय गरी बसेका तथा सुध्रिएकालाई केही नगरिने उनले बताए ।
राजनीति वा गैरराजनीतिक हिसावमा आपराधिक समूह बनाएर बसेका जोसुकैलाई नछाडिने एसपी राठौरले बताए । अपराध नियन्त्रणका लागि प्रहरी र जासुस दुवैको भरपुर प्रयोग गर्ने उनले बताए ।
दार्चुला, अछामको जिल्ला प्रमुख र कालिमाटी वृत्त प्रमुख भएर काम गरिसकेका एसपी राठौर अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरी, बर्दिवासबाट चितवन प्रहरी प्रमुखको रुपमा सरुवा भई चितवन आएका हुन् ।
उनले समाजलाई अपराधमुक्त राख्न आमनागरिकको पनि उत्तिकै कर्तव्य रहने बताए । समाजमा हुने आपराधिक गतिविधि र घटनाबारे समयमै जानकारी दिन उनले नागरिकसँग आग्रहसमेत गरे ।
बालबालिका तथा महिलामाथि हुने हिंसा, जुवा, अवैध यौनजन्य गतिविधि र लागुऔषध नियन्त्रणमा आफ्नो विशेष ध्यानकेन्द्रित रहने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  ०५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC