साहित्य
काठमाडौं । चलचित्र ‘अनुराग’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘यस्तो साथी...’ बोलको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । गीतमा शब्द सत्यराज एचआरसीको छ भने सरोज पोखरेलले संगीत भरेका छन् ।
भिडियोमा पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतम र समुन्द्र पण्डित फिचर्ड छन् ।
साउन २५ गतेलाई नयाँ प्रदर्शन मिति तय गरिएको चलचित्र ‘अनुराग’ लाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौलालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०७५ १७:५१
प्रतिक्रिया दिनुहोस्