site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा सुरक्षाबल र तालिवान आतंककारीबीच भएको झडपमा परी ११ जना आतंककारी मारिएको समाचार छ । अफगानिस्तानको गृहमन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । यस झडपमा परी अरु १४ जना आतंककारी घाइते भएका पनि सो विज्ञप्तिमा जनाइएको छ । 

मुकार जिल्लाको अलि खिल क्षेत्रमा गस्तीमा रहेका सुरक्षा अधिकारीहरुमाथि आतंककारीले बम हानेका थिए । बिहीबार राति सो बम प्रहारपछिको कारबाहीका क्रममा तालिबान लडाकू मारिएका हुन् । 

Agni Group

अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरको अन्त्यमा नेटो सेनाका प्रायः सेना अफगान युद्ध सकिएको घोषणा गर्दै त्यहाँबाट फर्किएकापछि अफगान सुरक्षाबल माथिको आक्रमण बढ्नुको साथै हताहत पनि बढेको पाइन्छ । 

उता अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान सेनाले गत शुक्रबार पनि हवाई आक्रमणमा जारी राखेको जनाएको छ । त्यस आक्रमणमा परी केही लडाकू मारिएको अनुमान गरिएको छ । 

Global Ime bank

केही दिनयता अफगानिस्तानमा हिंसा बढेको छ । तालिवानहरुले आत्मघाती हमलाका घटनामा वृद्धि गरेका छन् भने सेनाले पनि कारबाहीलाई जारी राखेको छ । 

तालिवान लडाकूले मङ्गलबार साँझपख अफगान सुरक्षा जाँच केन्द्रलाई लक्षितगरी आक्रमण सुरु गरेपछि अफगान राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध कारबाही शुरु गरेको थियो । 

हालैमात्र काबुलमा भएको आक्रमणमा परी नौ जना पत्रकार मारिएका थिए । उक्त घटनाको विश्वव्यपीरुपमा निन्दा गरिएको थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC