site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीपका अघि धोनी पनि निरिह 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन्दीप लामिछाने नेपालका त्यस्ता प्रतिभाशाली खेलाडी हुन्, विश्वका आक्रमक र स्टार खेलाडी पनि सन्दीपको बलिङमा ब्याटिङ गर्न डराउँछन् । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विश्वका स्टार खेलाडीहरू सन्दीप लामिछाने विरुद्ध निरिह बने ।

आफ्नो पूरै चार ओभर बलिङ गरेका सन्दीपले २१ रन खर्चे भने महत्वपूर्ण १ विकेट लिए । चर्चित र आक्रमक खेलाडीको नामले चिनिने भारतीय खेलाडी सुरेश रैनालाई सन्दीपले आउट गरेपछि क्रिजमै रहेका पूर्व भारतीय कप्तान तथा चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी पनि झस्किए ।

Prabhu Bank
Agni Group
NIC Asia

धोनीले सन्दीपको ७ बलको सामना गरे भने ५ रन मात्रै बनाए । धोनीले सन्दीपका कुनै पनि बलमा ठूला सर्ट प्रहार गर्न सकेनन् । उनले ५ रन एक–एक गरेर बनाएका थिए भने दुई बल डट खेलेका थिए ।
यता, अष्ट्रेलियन खेलाडी शेन वाट्सनले पनि सन्दीप लामिछानेको बलिङलाई ठम्याउन सकेनन् । वाट्सनले सन्दीपको पहिलो पूरै ओभर खेले । तर, सन्दीपको ६ बलको सामना गरेका वाट्सनले २ रन मात्रै बनाउन सके ।

सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र २ रन दिएका थिए । त्यस्तै, दोस्रो बलमा सन्दीपले ६ रन खर्चेका थिए । आफ्नो तेस्रो ओभरको पहिलो बलमा नै विकेट लिएका सन्दीपले यो ओभरमा पनि २ रन मात्रै खर्चेका थिए । सन्दीपले आफ्नो अन्तिम ओभरमा अर्थात चौथो ओभरमा भने ११ रन र्खेचेका थिए । जसमा रविन्द्र जडेजाले सन्दीपलाई एक छक्का प्रहार गरेका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५  ०६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC