साहित्य
काठमाडौं । बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच आज (शनिबार) विवाह हुँदैछ । लन्डनबाट करिब ३० किलोमिटर पश्चिम विन्डजरमा एक भब्य समारोहका बीच ३३ वर्षीय राजकुमार ह्यारीले ३६ वर्षीया मेगनको विवाह हुन लागेको बीबीसीले जनाएको छ ।
६ सय पाहुनालाई निम्तो दिइएको विवाहका लागि ५ लाख पाउण्ड खर्च हुने अनुमान गरिएको छ । उक्त विवाह समारोहमा राजनीतिक ब्यक्तिलाई बोलाइएको छैन ।
मेगन अफ्रिकी अमेरिकी मुलकी परिवारकी छोरी हुनका साथै क्याथलिक इसाईसमेत हुन् । मेगन पहिलो विवाहबाट सम्बन्ध विच्छेद गरेर बसेकी थिइन् ।
प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५ १५:१३
प्रतिक्रिया दिनुहोस्