site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिका र उत्तर कोरिया : कहिले नजिक कहिले टाढा !
Ghorahi CementGhorahi Cement

बीबीसी । अमेरिका र उत्तर कोरियाका बीचमा सिंगापुरमा १२ जूनमा हुने भनिएको उच्चस्तरीय वार्ता अन्योलमा छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको वार्तालाई स्वीकार गरिसकेपछि उत्तर कोरियाली नेता किम जोंग उनले अमेरिकाले चलिरहेको चालको यथावस्थामा वार्ता सम्भव नभएको स्पष्ट पार्न खोजेका छन् । 

बुधवार उत्तर कोरियाले सम्भवतः सिँगापुरमा हुने भनिएको उच्चस्तरीय वार्तामा सहभागिता नै नजनाउने चेतावनी दिएको थियो । ट्रम्पलाई उनकै राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले नै समस्यामा पारेका हुन् । अमेरिकाले उत्तर कोरियामा पनि ‘लीबिया मोडल’ अपनाउने बारेमा सोचिरहेको जोन बोल्टनको भनाई छ । 

‘लिबिया मोडल’ मा रुष्ट किम जोङ–उन

Agni Group

सन् २००३ मा लीबियाका नेता कर्णेल मुअम्मर गद्दाफी परमाणु कार्यक्रम छोड्न तयार भए पछि अमेरिकाले उसमाथि लगाइएका प्रतिवन्धहरु हटाएको थियो । तर सन् २००११ मा पश्चिमी देशहरुको समर्थनमा विद्रोही समूहले गद्दाफीको सरकार परिवर्तन गर्यो र पछि उनको हत्या गरियो । 

तर ट्रम्पले उत्तर कोरियाका साथ अमेरिकाले ‘लिबिया मोडल’ अपनाउने बारेमा  नसोचेकाले दुवै देशबीच अवश्य नै उच्चस्तरीय वार्ता हुने दावी गरिरहेका छन् । ट्रम्पले अफ्ना सुरक्षा सल्लाहकारको बयान खारेज गरिदिएका छन् । उनले भने, ‘‘उत्तर कोरियाको हकमा हामीले लिबिया मोडलका बारेमा रत्तीभर पनि सोचेका छैनौं । लिबियामा हामी त्यो देशलाई ध्वस्त बनाएका थियौं । देश बर्बाद भएको थियो । गद्दाफीलाई सत्तामा टिकाई राख्ने सम्झौता भएको थिएन् । जुन लिबियाली मोडलको कुरा गरिदैछ त्यो भिन्नै थियो ।’’

Global Ime bank

ट्रम्पले भने, “उनी जुन प्रकारको सम्झौताका  बारेमा सोची रहेका छन् त्यस अनुरुप किम जोङ–उन हुने छन्, उनी आफ्नो देशमा हुनेछन् र आफ्नो देशमा  शासन गरिरहेका हुन् छन् र धनी हुनेछन् ।’’

उत्तर कोरियासँगको वार्ता भाड्न चीनले षडयन्त्र गरिरहेको अमेरिकी राष्ट्रपति ट्रम्पले आशंका समेत गरेका छन् । यसै कारण किम जोंग–उन हालै दुई पटक चीन यात्रामा गएका र राष्ट्रपति शी जिनपिङसँग भेटवार्ता गरेको उनको भनाई छ । 

साझा सैन्य अभ्यासप्रति चिन्ता

उता दक्षिण कोरियाका साथ अमेरिकाको साझा सैन्य अभ्यास जारी छ । सैन्य अभ्यास प्रति उत्तर कोरिया रुष्ट बनेको छ । उनले सिंगापुरमा हुने भनिएको वार्ताका लागि अमेरिका माहौल सुधार्न गम्भीर नदेखिएको प्रति असन्तुष्टि जनाएको छ । 

उत्तरले यसै साता दक्षिण कोरियासँग तय गरिएको उच्चस्तरीय वार्ता रद्द गरिसकेको छ । उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास ‘उक्साहटयुक्त’ रहेको जनाएको छ । 

तर अमेरिका संयुक्त सैन्य अभ्यासमा अडान लिएर बसेको छ । उसले सैन्य अभ्यान न त रद्द गरिने न त मिति सारिने स्पष्ट गरिसकेको छ । 
https://www.bbc.com/hindi/international-44164669

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०७५  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC