site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हरेक घटनाको भिडियो बनाउँथे गोरे ! सनमलाई करेन्ट लगाइएको भिडियो ‘काम देखाउन’ बनाइएको थियो
Ghorahi CementGhorahi Cement

काठमाडौं । साढे ३३ किलो सुनसँग जोडेर मुख्य सुन तस्कर भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले आफ्ना पूर्व लेखा सहयोगी सनम शाक्यलाई निर्मम यातना दिएको भिडियो यतिबेला ‘भाइरल’ भएको छ । गत माघ पहिलो साता युएइबाट नेपाल भित्रिएको भनिएको साढे ३३ किलो सुन हराएपछि गोरे र उनको सुन लुकाएको आरोपमा सनमलाई चरम यातना दिएका थिए । यातनाकै कारण फागुन १८ गते सनमको मृत्यु भएको थियो ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा चूडामणि उप्रती ‘गोरे’ आफैँ यातना दिन आदेश दिइरहेका छन् भने आफैँ पनि करेन्ट लगाइरहेका छन् । त्यही यातना दिएको भिडियो जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ जिल्ला अदालतमा पेश गरेको थियो । 

भिडियोकै आधारमा ३३ किलो सुन तस्करीको पोल खुलेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका मुख्य न्यायाधिवक्ता पूण्यप्रसाद पाठकले बताए । सञ्चारमाध्यममा आएका भिडियोमा मोरङ, धरानलगायतका स्थान देखाइएको छ ।

Agni Group

एक भिडियो क्लिप्समा गोरेले सनमलाई यातना दिँदै भनेका छन्– ‘खुन पसिनाको कमाइ खाने ? म अहिले त्यही पीरले २० किलो घटिसकेँ ।”

गोरेले उर्लाबारी नगरपालिका–१, कान्छीचौकदेखि उत्तरतर्फको एक जंगलमा लगेर सनम शाक्यलगायतलाई यातना दिएको पक्राउ परेका अभियुक्तहरुको बयानमा उल्लेख छ ।

Global Ime bank

\"\"

सनमलाई यातना दिइएको स्थान । तस्बिर : गोपाल पोखरेल

डियोमा सनमसहित मोहन काफ्लेले तीन जनालाई भूइँमा लडाएर हातखुट्टा बाँधेर ब्याट्री र तार प्रयोग गरेर करेन्ट लगाइएको छ । उनीहरुले करेन्ट लगाउँदा लगाउँदै सनमको मृत्यु भएको पक्राउ परेकाले बयानमा उल्लेख गरेका छन् ।

सनमको मृत्यु भएपछि गोरेले आकर्षक रकमसहित शवको व्यवस्थापन गर्न महानगरीय अपराध महाशाखाको टोलीलाई गुहारेका थिए । डीएसपी प्रजित केसीको नेतृत्वमा गएको टोलीले धरानबाट सनमको शव बरामद गरेको थियो ।

धरान जानुअघि महाशाखाका एसएसपी दिवेश लोहनीले प्रहरी हेडक्वार्टरमा जानकारी मात्रै गराएनन्, गोरेलाई रकमसहित समात्ने प्रतिवद्धता पनि जनाए । तर सनमको शवको मुचुल्का बनाउँदा गोरेको नाम उल्लेख गरिएन । धरानबाट बरामद गरिएको शव विराटनगरमा सार्वजनिक गरिएको थियो । 

कसरी बन्यो भिडियो ?
जिल्ला सरकारी वकिलको कार्यालय मोरङका मुख्य न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार गोरेलगायतको समूहले हरेक घटनाहरुको भिडियो बनाउने गरेको पाइएको छ । 
सुन हराएपछि आत्तिएका गोरेले सुनमा लगानी गर्नेहरुलाई आफूले सुन खोज्न मेहनत गरेको भनेर देखाउन पनि यो भिडियो बनाएका थिए । 
सुनमा लगानी गर्नेहरुलाई दैनिक ‘भिडियो’ पठाइन्थ्यो । 

यातना दिँदादिँदै सनमको ज्यान गएपछि हत्याको जिम्मा लिन गोरेले टेकराज मल्ल ठकुरीलाई आग्रह गरे ।

मुख्य न्यायाधिवक्ता पाठकका अनुसार हत्याको जिम्मा लिए गोरेले मल्लकी श्रीमतीलाई ५० लाख एकमुष्ट दिने र त्यसपछि मासिक ३० हजार दिने बताएका थिए । प्रहरीले मोरङ जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा पनि यो कुरा उल्लेख छ । 

मल्ल त्यसपछि सनम हत्याको जिम्मा लिन तयार भए । त्यहीबेला मल्लले आफ्नो एउटा मोवाइल श्रीमतीलाई काठमाडौं पठाए । त्यही मोबाइलमा सनम लगायतलाई जंगलमा यातना दिएको भिडियो थियो । 

मोहन मल्ल पक्राउ परेपछि मल्लकी श्रीमती नानु अधिकारी गोरेकी श्रीमती निरु उप्रेतीलाई भेट्न काठमाडौं पुगेको अनुसन्धान स्रोतले जानकारी दियो ।

उनले आफ्नो पतिसँग गरिएको बाचाअनुसारको पैसा मागेपछि गोरेकी श्रीमती निरुले पैसा नदिने बताइन् । आफ्नो श्रीमान् हत्या अभियोगमा फस्ने र पैसा पनि नपाउने अवस्था भएपछि नानु अधिकारी मोरङ प्रहरीमा पुगेकी थिइन् ।

मुख्य न्यायाधिवक्ता पूण्यप्रसाद पाठकका अनुसार नानुले आफ्ना श्रीमान् टेकराज मल्लले सनमको हत्या नगरेको र त्यो घटनाको वास्तविक भिडियो आफूसँग भएको बताएपछि उक्त भिडियो सार्वजनिक भएको थियो ।

प्रहरीलाई नानुले भिडियो उपलब्ध गराएछि सनम हत्या र सुनकाण्डको पोल खुलेको मुख्य न्यायाधिवक्ता पूण्यप्रसाद पाठक बताउँछन् । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा ९ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध संगठित अपराध ऐन अन्तर्गत मुद्दा दायर भएको छ । हाल अदालतमा थुनछेक बहस चलिरहेको छ । 

मुख्य न्यायाधिवक्ता पाठक भन्छन्– “टेकराजकी श्रीमती नानु अधिकारीले ५० लाख रकम पाएको भए अदालतमा बयान फेरिन्थ्यो होला । घटनाले अर्कै रुप लिन सक्थ्यो ।”
पाठकका अनुसार यो नेपाली इतिहासकै सबैभन्दा वढी प्रतिवादी समातिएको सम्भवतः पहिलो घटना हो । 

उनका अनुसार यो घटनामा सबै प्रतिवादीलाई १० वर्षभन्दा बढी कैद सजायको माग गरिएको छ । यो घटनाका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोेरे’ माथि रेडकर्नर नोटिस जारी गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०७५  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC