site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
उत्तर कोरियाको धम्कीपछि अमेरिका र दक्षिण कोरिया सचेत 
Sarbottam CementSarbottam Cement

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र ट्रम्पले आइतबार उत्तर कोरियाको विषयमा गम्भीर छलफल गरेका छन् । उत्तर कोरियाको धम्कीपछि आगामी जुन १२ मा तय भएको अमेरिका र उत्तर कोरियाबीचको बैठक सुनिश्चित गर्न अब दुवैले नजिकी सहकार्य गर्ने बताएका हुन् । 

२० मिनेटसम्म फोनवार्तामा मून र ट्रम्पले उत्तर कोरियाका हालका गतिविधिबारे विस्तृत छलफल गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको रोएटर्सले जनाएको छ । वास्तवमा उत्तर कोरियाली शाषक किम आफैँले अमेरिकालाई गम्भीर चेतावनी दिँदै ट्रम्पसँगको बैठक रद्द गराउने बताएका थिए । त्यसैले  किमसँगको बैठकपूर्व मून र ट्रम्प आगामी मंगलबार नै ह्वाइटहाउसमा भेट गर्ने भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ऐतिहासिक अन्तर कोरियाली वार्ता सफल भएको बताइएपनि पछिल्ला केही दिनहरुमा उत्तर कोरियाको व्यवहारमा निकै परिवर्तन आइरहेको देखिएपछि चिन्ता व्यक्त गरिएको हो ।

बिहिबार मात्र उत्तर कोरियाका प्रमुख सल्लाहकार रि सनग्वनले आफूहरुको माग पूरा नभएसम्म दक्षिण कोरियासँग कुनै वार्ता नगर्ने स्पष्ट पारेका थिए । अमेरिकासँगको संयुक्त सैन्य हवाइ अभ्यास रद्द गराएपछि मात्र बैठकको कुरा अघि बढ्ने उत्तर कोरियाको भनाइ छ । 

Global Ime bank

त्यसैगरी शान्ति सम्झौतामा नयाँ चुनौति थप गर्दै उत्तर कोरियाले रेस्टुरेन्टमा काम गर्ने आफ्ना देशका महिलाहरुलाई पनि दक्षिण कोरियाबाट फर्काइनुपर्ने माग गरेको छ । दुई देशबीचको सम्बन्धलाई नयाँ स्तरमा पुर्याउन यस्तो कदम जरुरी रहेको उत्तर कोरियाको भनाइ छ । वास्तवमा २०१६ मा दर्जनौँ उत्तर कोरियाली महिला कामदारहरु चीन हुँदै दक्षिण कोरिया भागेका थिए । त्यसबेला देखि नै उत्तर कोरियाले दक्षिणमाथि जबरजस्ती आफ्ना नागरिकलाई पक्राउ गरेको आरोप लगाएको छ । उता दक्षिण कोरियाले भने उनीहरु सबै आफ्नै इच्छाले स्वतन्त्र रुपमा दक्षिण बसिरहेको बताउँदै आएको छ । यस विषयले अहिले अमेरिकासँगको बैठकलाई सफल बनाउनमा समेत मूनमाथि थप दबाब पैदा गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  ०५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC