site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोदी सरकारको उल्टो गन्ती शुरू भइसक्यो : कांग्रेस
Ghorahi CementGhorahi Cement

बीबीसी । कर्नाटकमा भाजपाका ५५ घण्टाका मुख्यमन्त्री बीएस येदियुरप्पाको राजीनामासँगै शनिवारको दिन भारतको राजनीतिक इतिहासमा दर्ता भएको छ । येदियुरप्पाको राजीनामाको आधा घण्टा पछि नै कांग्रेस अध्यक्ष राहुल गान्धी मुस्कुराउँदै मिडियासामु आएका छन् । 

राहुल गान्धीले भाजपा, आरएसएस र प्रधानमन्त्री नरेंद्र मोदीमाथि जोडदार आक्रमण गरे । तर उनको वक्तव्यको ‘की वर्ड’ थियो– ‘विपक्षी दलहरुबीचको एकता’ ।

यस्तो अवस्थामा के कांग्रेसले विपक्ष दलहरुलाई एकजुट गर्न सक्छ ? के यसैको सहारामा कांग्रेसले २०१९ को आम चुनावमा मजबुद स्थितिमा रहेको भाजपालाई चुनौती दिन सक्ला ? 

Agni Group

के एकजुट होला विपक्ष ?

कांग्रेसले कर्नाटकमा प्राप्त गरेको राजनीतिक जीतलाई आफ्नो नयाँ शक्तिका रुपमा हेरिहेको छ भने भाजपा आफ्नो हारको प्राविधिक कारण खोजी रहेको छ । वरिष्ठ पत्रकार भारत भूषण कर्नाटकको नतिजाबाट कांग्रेसलाई सहयोग पुग्ने भएकाले आगामी दिनमा विपक्षी दलहरु एकजुट हुने बताउँछन् । 

Global Ime bank

उनी भन्छन्, “कर्नाटकमा भाजपालाई केवल १०४ सीट प्राप्त हुनु र कांग्रेस– जेडीएसको साझा सरकार बन्नुले २०१९ मा भाजपा बहुमतबाट चुक्न सक्ने सन्देश गएको छ । यदि यो सन्देश देशमा भरी गए विपक्षीले एकजुट भएर भाजपालाई बहुमत ल्याउन नदिने प्रयास गर्ने छन् ।’’

तर देशको मुद्दा कर्नाटकको चुनावी नतिजाभन्दा धेरै फराकिलो भएको पत्रकार भुषणको भनाई छ । “ २०१९ को नतिजालाई प्रभावित गर्ने कर्नाटकभन्दा कयौं अलग–अलग अहम् मुद्दाहरु छन् । बेरोजगारी बढेको छ । जीएसटीले नागरिक असन्तुष्ट छन् । नोटबन्दीले व्यापार बन्द भएको छ । देशका किसान परेशानीमा छन् । आत्महत्या गरिरहेका छन् । आगामी चुनावमा यीनै कुराहरु मुद्दा बन्ने छन् ।’’

कसरी बन्ला राष्ट्रिय गठबन्धन ?

कर्नाटकको घटनाक्रम पछि विपक्षमा एक नया उत्साह उत्पन्न भएको र २०१९ मा पूरै शक्तिका साथ भाजपासँग प्रतिष्पर्धा गर्ने आशा छाएको भारत भुषणको भनाई छ । तर उनले राष्ट्रिय गठबन्धन बनाउनका लागि कांग्रेसले आफ्नो वास्तविक स्थितिलाई पनि मनन् गर्नु पर्ने पनि बताएका छन् । 

भुषण भन्छन्, “कांग्रेसलाई केन्द्रमा राखेर अन्य पार्टीहरु उसका वरीपरी रहने अहिलेसम्म एकजुट हुने कांग्रेसको तरिका थियो । तर अव त्यसरी एकजुट हुने अवस्था देखिदैन । अब एकजुट हुनलाई जो पार्टी जहाँ मजबुद छ त्यही पार्टी त्यो क्षेत्रको प्रमुख पार्टी मानिने छ र ति दलहरुले कांग्रेसलाई साथमा राखेर आफ्नो एक गठबन्धन बनाउनु पर्ने छ ।’’
कांग्रेस बलियो अवस्थामा रहेका राज्यहरुमा गठबन्धनको नेतृत्व लिएर कांग्रेसले बाँकी दलहरुसँग सीटमा भागवण्डा गर्नुपर्ने उनको भनाई छ । राजस्थान, मध्य प्रदेश, छत्तीसगढ र पंजाब लगायतका राज्यहरुमा कांग्रेस बलियो अवस्थामा रहेको छ । ति राज्यहरुमा कांग्रेसको सोझो प्रतिष्पर्धा भाजपासँग रहेको छ ।  
गठबन्धनले भाजपासँग सीधा वान–टू–वान प्रतिष्पर्धा गरे मात्रै २०१९ को निर्वाचनमा परिणाम कांग्रेस गठबन्धनको पक्षमा आउन सक्ने भुषणको दावी छ । 

कांग्रेसले गठबन्धनलाई सँगै लैजान्छ 
 

कांग्रेसका प्रवक्ता रणदीप सुरजेवाला भन्छन्, “देशको मुलभूत मान्यताहरुको रक्षाका लागि एकजुट भएर मोदी सरकारसँग प्रतिष्पर्धा गर्न तयार रहेका सम्पूर्ण शक्तिहरुसँग मिलेर जान कांग्रेस तयार छ । राहुल गान्धीले यो पहिलो पटक भनेका होइनन् ।’’

कांग्रेसले सधै राष्ट्रहितका लागि वैचारिक मतभेद रहेका सवै राजनीतिक दलहरुसँग सहकार्य गरेको स्मरण गर्दै उनले मोदीमने जस्तो सत्ता आफूहरुको एकमात्र लक्ष्य नभएर कांग्रेसले व्यवस्था परिवर्तन गर्न चाहेको बताए । 
कांग्रेसले एक्लै लड्न सकने स्थानमा एकलै चुनाव लड्ने र जहाँ राजनीतिक दलहरुलाई मिलाएर जानु पर्ने अवस्था छ त्यहाँ सहकार्य गरेर जाने सुरजेवालाको भनाई थियो । 
https://www.bbc.com/hindi/india-44186371

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC