site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
दक्षिण चीन सागरमा चिनिया बमवर्षक तैनाथ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । चीनले दक्षिण चीन सागरको विवादित क्षेत्रमा पहिलो पटक आफ्ना बम वर्षक विमान एच–६के तैनाथ गरेको छ । विशेषज्ञहरुका अनुसार ति विमानहरुको रेञ्ज उत्तरी अस्ट्रेलिया र अमेरिकी द्वीप गुआमसम्म रहेको छ । 
अमेरिकाले चीनको उक्त कदम पछि आफ्ना युद्धक जहाजहरुलाई चीनले निर्माण गरेको कृत्रिम द्वीपहरु तर्फ रवाना गरिदिएको छ । लामो दूरीका यी बम वर्षक विमानहरुलाई द्वीपहरु र चट्टानहरुमा चीनको ‘सवै क्षेत्रसम्म पहुँच’ लाई सुदृढ बनाउनका लागि आयोजित ड्रिलमा समावेश गरिएको थियो । 
कति खतरनाक छ चीनको एच–६के विमान ?
यस विमानका पाईलट ग दाचिङले आफ्नो एक बयानका क्रममा यसको अभ्यासबाट आफूहरुको हिम्मत र एक असल युद्ध स्थितिको क्षमतामा बृद्धि भएको बताएका थिए । यस विमानको क्षमताका बारेमा भारतका रक्षा विशेषज्ञ उदय भास्कर भन्छन्, ‘‘चीनमा शियान एच–६के भनिने यो बम वर्षक विमानबाट मिसाइल लञ्च गर्न सकिन्छ ।’’
चीनको उक्त कदम पछि अमेरिकाले आफ्ना युद्धक जहाजहरुलाई बेईजिङद्वारा बनाइएका कृत्रिम द्वीपहरु नजिक पठाएको छ । पेन्टागनका प्रवक्ताले न्यूज एजेन्सी रोयटर्ससँगको कुराकानीमा अमेरिका स्वतन्त्र इण्डो प्यासिफिक क्षेत्रका प्रति समर्पित रहेको बताएका छन् । 
कर्नल क्रिस्टोफर लोगनले चीन सागरको विवादित क्षेत्रमा चीनको बढ्दो सैन्यकरणले केवल यो क्षेत्रमा तनाव र अस्थिरतालाई बढाने मात्रै काम गर्ने बताएका छन् । 
https://www.bbc.com/hindi/international-44184819

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC