site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सनमले अन्तिमपटक श्रीमतीलाई भनेका थिए–मलाई केही भए गोरेलाई समात्नू
Ghorahi CementGhorahi Cement

३३ किलो सुन प्रकरणमा हत्या गरिएको सनम शाक्यकी श्रीमति सुनिता बायाँ र आमा कल्पना दायाँ । तस्बिर : बाह्रखरी 


काठमाडौं । मोरङ उर्लाबारी चोकबाट ५० मिटर पूर्व एउटा सानो घर छ । बजारको चोकैमा तर टिनको ढोका, पुरानोखालको दुइतले घर । बुधबार साँझ हामी त्यहीँ पुग्यौं । अर्थात त्यो घर थियो ३३ किलो सुन प्रकरणमा ज्यान गुमाएका सनम शाक्यको । 
घरमा पुग्दा सनमकी आमा कल्पना शाक्य र श्रीमती सुनिता लावती शाक्य पेटीमा बसिरहेका थिए । हामी घरमा पुग्दा उनीहरुले पहिले कुनै पनि प्रतिक्रिया जनाएनन् । तर कुरा सुरु गर्दै गरेपछि आमा र श्रीमतिले सनम र गोरेको सम्बन्धका बारेमा खुलस्त पार्दै गए ।

को हुन सनम शाक्य ?
 

Agni Group

सामान्य परिवारमा जन्मिएका सनम शाक्य ३ भाइमध्ये जेठा हुन् । सुरुमा सनम गाउँमै सानोतिनो ठेक्कापट्टा गर्ने, कतिपय ठेकेदारको हिसाबकिताब राख्ने काम गर्थे । दुई भाईहरुमध्ये एकजना काठमाडौं र माइलो घरमै छन् । उनीहरुसँग सम्पतिका रुपमा देखिने त्यही घर भएको घडेरी मात्रै छ ।

सुन ओसार पसारमा लागेका सनमले कति कमाए र कहाँ खर्च गरे भन्ने अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।

Global Ime bank

“हामीले सबै किनेरै खाने हो,” आमा कल्पना भन्छिन्, “सनमले महिनामा १५/२० हजारसम्म जुटाउथ्यो, घरखर्च चल्थ्यो ।”

सनमकी ९ वर्षीय छोरी दिप्सा ६ कक्षामा पढ्छिन् । चुडामणि उप्रेती गोरे र सनम सानैदेखि चिनजानका साथी थिए । गाउँमा सानोतिनो व्यावसाय गरेर जिवन निर्वाह गरिरहेका सनमलाई ‘गोरे’ ले २०७२ साउनतिर आफैसँग काम गर्न काठमाडौं ल्याए । गोरेले सनमलाई

आफ्नो कारोबारको हिसाबकिताब हेर्न लगाए । त्यहीँबाट सुरु भयो सनम र गोरेको गहिरो सम्बन्ध ।

सनमकी छोरीको जन्मदिनमा घरमै आएका थिए ‘गोरे’
 

गोरे सनमकी श्रीमतीलाई भाउजु र सनमले गोरेकी श्रीमती निरु खरेललाई भाउजु नाताले सम्बोधन गर्थे । गोरे कहिलेकाँही सनमको घरमा पनि आउँथे । सनमकी श्रीमती सुनिता सम्झन्छिन्–‘०७४ साउन २४ गते छोरी दिप्साको जन्मदिनमा हाम्रो घर आएका थिए । छोरी दिप्सालाई आशिर्वाद पनि दिए । गोेरेले मलाई भाउजु भन्थ्यो तर सनमको हत्या गरेर मेरै सिउँदो उजाड पारिदियो ।” 

सनमले छाडेका थिए गोरेको काम !
 

२ वर्ष गोरेको लेखा सहयोगीको रुपमा काम गरेपछि सनम माघ २० गते काठमाडौंबाट मोरङस्थित आफ्नो घर पुगेका थिए ।

सनमले त्यसबेला नै श्रीमती सुनितासँग अब आफुले गोरेको काम छाडेको बताउँछन् । तर कहिलेकाही हिसाबकिताबका लागि गोरेले सम्र्पक गरिरहन्थे । साउन २२ गते गाउँमा भाइको बिहे थियो । सनम पनि त्यो विवाहमा थिए । 

मोहन काफ्लेसँग भारत गएपछि ...

माघ २३ गते गोरेले श्रीमती सुनितालाई आफु मोहन काफ्लेसँग भारत जान लागेको बताएका थिए । उनले त्यहाँ काम छ भने तर के काम खुलाएनन् । उनीहरुसँगै बाटोबाट रुस्तम मिया पनि भारतको सिलगुढी पुगे । गोरे पनि भारतको आसामबाट सिलगुढी आए । उनीहरु तीनै जनालाई भारतमा सुन लुकाएको भन्दै गोरेको समुहले एक होटलमा कुटपिट गरेको परिवार बताउँछन् ।

माघ २९ गते सनम भारतबाट फर्किए । भारतबाट फर्किएपछि सनम फागुन १५ गतेसम्म घरमै बसेका थिए ।

सनमले श्रीमतीलाई भने– मलाई केही भए गोरेलाई समात्नू

गोरेको काम छोडेका बताएका सनमलाई गोरेले फोन गरिरहन्थे । श्रीमती सुनिता भन्छिन्, “गोरेले भेट्न आइज काम छ भनेपछि सनम गोरेलाई भेट्न जान्छु भन्दै फागुन १६ गते बिहान घरबाट निस्किए । सनमलाई आफ्नो संकटबारे पहिल्यै जानकारी हुन सक्छ । त्यसैले सनमले घरबाट निस्कनेबेला मसँग भनेका थिए, सुनिता गोरेलाई चिन्छौं ?”

सनमको प्रश्नले आफू त्यसबेला नै झस्किएको सुनिता बताउँछिन् । उनको प्रश्नले म झस्किएर सोधेँ, “किन नचिन्नु, राम्रोसँग चिन्छु । किन सोधेको ?”

त्यसपछि सुनितालाई सनमले अन्तिम जवाफ दिए– मलाई दायाबाँया भए गोरेलाई समात्नू ।”

त्यसबेला सनमले चितवन जाने काम भएको बताएका थिए ।

\"\"

सनमको मोबाइलमा गोरे बोलेपछि.......
 

फागुन १६ गते गोरेलाई भेट्न घरबाट निस्किएका सनमको श्रीमतीसँग बेला बेलामा कुरा भइरहेकै थियो । त्यसबीचमा मोहन काफ्ले र सनम सँगै थिए । मोहन काफ्लेकी श्रीमती पुनम खड्काले सनम र मोहन सँगै भएको बताएकी थिइन् । 
सुनिताले सनमलाई फोन गर्दा गोरेले उठाएर सनम आफूसँगै भएको बताएका थिए ।

“भाउजु सनम मसँगै छ,” गोरेको भनाई उद्धृत गर्दै सनम शाक्यकी श्रीमति सुनिता भन्छिन् ।

१७ गते बिहान भने  सुनिता र सनमको कुराकानी भएको थियो । त्यतिबेला सनमको मोबाइलमा मोहन काफ्ले पनि बोले । मोहनले आफ्नो मोबाइलको ‘व्याट्री लो’ भएर अफ भएको र केही काम भए सनमकै नम्बरमा फोन गर्न भनेका थिए ।
१७ गते आफू काममा भएका बेला सनमको फोन आए पनि आफूले उठाउन नपाएको बताउँछिन् ।

पछि फोन गर्दा म मिटिङमा छु पछि कुरा गरौंला भन्ने म्यासेज मात्रै आइरहन्थ्यो ।

सुनिता भन्छिन्– फागुन १८ गते मोहन काफ्लेको फोन लाग्यो । मैले फोन गर्दा कुराकानी पनि भयो । मोहनले सनम दाई मिटिङमा हुनुहुन्छ । ११ बजेतिर आउनुहुन्छ । त्यसपछि हामी घर फर्किन्छौं भनेर भनेका थिए ।”
तर न सनम आए न कुरा हुन सक्यो । 

१९ गते बिहान मोहन काफ्लेसँग सुनिताले ३ पटकसम्म कुरा गरिन् तर अन्त्यमा मोहनले सनम दाई त टेकराज मल्लसँग गएको भन्ने जवाफ दिए ।

सुनिताले मोहनको श्रीमतीबाट टेकराज मल्लको नम्बर मागेर फोन गर्दा टेकराजले को सनम हो म चिन्दिन भन्दै फोन काटिदिएपछि सनमको परिवार झनै तनावमा परेका थिए ।

प्रहरी अनुसन्धानमा सनमको हत्या फागुन १८ गते नै भइसकेको थियो । गोरेले टेकराजलाई हत्याको जिम्मा लिए ५० लाख परिवारलाई दिने बताएपछि त्यही योजनामा टेकराजको नम्बर र नाम श्रीमतीलाई दिइएको हुन सक्ने अनुमान परिवारको छ ।  गोरेसहितको समुहले सनमलाई चरम यातना दिएर हत्या गरेको भिडियो नै सार्वजनिक भइसकेको छ । अन्त्यमा टेकराज मल्लकी श्रीमती नानु अधिकारीलाई ५० लाख नदिएपछि घटनाको रहस्य बाहिरिएको स्रोत बताउँछ ।
१९ गते दिउँसो प्रहरीले नै सनमको परिवारजनलाई सनम समातिएको छ भन्दै खबर गरेको थियो । 

घटनाको निश्पक्ष छानविन होस् : परिवारजन

सनमका परिवारजनले घटनाको निश्पक्ष छानबिनको माग गरेका छन् । मोरङ अदालतमा मुद्दा चलिरहँदा उनीहरुले दोषीमाथी हदैसम्मको कार्वाहीसँगै क्षतिपूर्तीको माग गरेका छन् । 
गत माघको पहिलो साता युएईबाट आएको भनिएको अवैध ३३ किलो सुन गायब भएपछि त्यही सुनसँग जोडेर सनमको हत्या भएको थियो । सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ लाई रेडकर्नर नोटिस जारी गरेर खोजी कार्य जारी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC