site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । भूकम्प गएको तीन वर्षपछि दरबार हाइस्कुल पुनर्निर्माण सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विभिन्न बाधा, अड्चन र चुनौतीहरुका कारण पुनर्निर्माणमा ढिलाइ भएको भन्दै सोमबार पुनर्निर्माण सुरु भएको घोषणा गरे। 

विद्यालय पुनर्निर्माणको सम्पूर्ण तयारी भइसकेपछि काठमाडौं महानगरपालिकाले दरबार स्कुलमा बेसमेन्ट पार्किङ बनाउनुपर्ने सर्त राखेपछि नक्सा पास नभएर काम अड्किएको थियो । चीन सरकारले विद्यालय र अस्पताल हाताभित्र पार्किङ नबनाउने आफूहरुको नियम रहेको बताउँदै आएको छ । 

Agni Group

सोही विषयमाथि दरबार स्कुलमा आयोजित छलफल तथा निरीक्षण कार्यक्रममा मन्त्री पोखरेलले दुई देशका सरकारहरुबीच सहमति भइसेकपछि नयाँ शर्तहरु राख्न नमिल्ने भन्दै काम अगाडि बढाइने बताए । उनले निर्माण कार्यका लागि ठेकेदार आइसकेका हुनाले महानगरपालिकाले निर्माणको वाातावरण मिलाइदिनुपर्ने जिकिर गरे ।

कार्यक्रममा उपस्थित महानगरपालिकाका कार्यकारी अधिकृत यादवप्रसाद कोइरालाले नगरपालिकाको चाहना बेसमेन्टमा पार्किङको व्यवस्था गर्दा विद्यार्थी र कर्मचारीको चाप बढ्दा समस्या नहोस् भन्ने रहेको बताए । 

Global Ime bank

दरबार स्कुलका प्रधानाध्यापक हेमचन्द्र महतोले शिक्षामन्त्री र महानगरपालिकाको आश्वासनपछि आफूहरु आस्वस्त भएको बताए । संस्कृत विद्यालयका प्रधानाचार्य बद्रीप्रसाद दाहालले जगैदेखि पुनर्निर्माणको अवस्थामा रहेको उक्त विद्यालयमा निकै ठूलो लगानी गर्नुपर्ने भएकोले यसको निर्माणमा कुनै पनि नेपालीले अवरोध सृजना गर्न नहुने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC