site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सन्दीप लामिछानेलाई अमित मिश्राको प्रश्न, आईपीएलमा तिम्रो अनुभव कस्तो रह्यो ?  
Ghorahi CementGhorahi Cement

काठमाडौं । दिल्ली डेयरडेभिल्सले आफ्नो अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ११ रनले पराजित गर्दा फिरोज शाह रंगशालामा चम्किएका थिए नेपालका सन्दीप लामिछाने र भारतका अमित मिश्रा । जितपछि सन्दीप र अमितबीचनै आईपीएलले आलोपालो प्रश्नोत्तर गर्न लगाए ।

ओपनिङ बलिङ गरेका सन्दीपले मुम्बई इन्डियन्सविरुद्ध उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै, अमितले ४ ओभरमा कसिलो बलिङ गर्दै मात्र १९ रन खर्चेर ३ विकेट लिएका थिए । सन्दीप र अमितकै उत्कृष्टताले दिल्लीले मुम्बईलाई ११ रनले पराजित गरेको थियो ।

सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा ३ खेल खेले । जसमा उनले ५ विकेट लिए । उनले रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध डेब्यु गरेका थिए । डेब्यु खेलमा उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिएका थिए । त्यस्तै, चेन्नाई सुपर किंग्सविरुद्धको दोस्रो खेलमा अझ दमदार प्रदर्शन गर्दै ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए ।
एकपछि अर्को खेलमा सफलता पाएका सन्दीपको चर्चा नेपालमा मात्रै नभएर भारतमा यतिबेला चुलिएको छ ।

Agni Group

भेट्रान खेलाडी अमित मिश्रासँगको अन्तर्वार्तामा सन्दीपले यो आफ्नो लागि गौरवको विषय भएको भन्दै बयान गर्न नसक्ने बताएका छन् । आफुले सिकेका कुरा नेपाली क्रिकेटमा लागु गर्ने बताएका सन्दीप र अमित मिश्राबीचको कुराकानी यस्तो छ ।

अमित : सन्दिप आजको म्याचबारे तिम्रो विचार के छ ?

Global Ime bank

सन्दीप : उत्कृष्ट, मेरो अनुभवमा यस खेलले हामीलाई हाम्रो आफ्नै उच्चस्तरसम्म पुग्न मद्दत गरेको छ । साथै तपाईँले पनि आज धेरै राम्रो बलिङ गर्नुभएको छ । त्यो दृश्य मेरो विचारमा अत्यन्तै शानदार थियो । खेलबाट तपाईँले पाइरहनुभएको सकारात्मक भावना पनि उत्तिकै उत्साहजनक थियो । त्यसकारण मैले तपार्इँको बलिङको धेरै मज्जा लिएँ । आजको खेल वास्तवमै रोचक थियो ।

अमित : मुम्बई इन्डियन्सबारे तिम्रो कस्तो धारणा छ ? यो खेल सम्बन्धी उनीहरुले के सोचेका होलान ?

सन्दीप : मेरो विचारमा प्लेअफमा पुग्न मुम्बई इन्डियन्सका लागि यो खेल जित्नैपर्ने स्थिति थियो । तर, बाजी हामीले मा¥यौ । हामीले सबैको सपना साकार पार्यौ । किनकी यो एउटा टिम खेल हो, त्यसैले एकको जित र अर्कोको हार क्रिकेटमा स्वभाविक कुरा हो । जसमा हामी विजयी भयौं र साच्चिकै आजको खेल उत्कृष्ट थियो ।

अमित : तिम्रो विचारमा खेल दिल्ली डेयरडेभिल्सतर्फ कतिबेला मोडियो ? पहिलो ५ ओभरमा या हामी दुवैले बलिङ गरिरहेको समयमा ?  

सन्दीप : मेरो विचारमा महत्वपूर्ण समयमा विकेट लिनुले नै बढी प्रभाव पारेको थियो । जस्तो की तपाईँले लिनुभएको विकेट, त्यस्तै सही समयमा मैले लिएको विकेट र अन्तिम क्षणमा बेन कटिङको हर्षल पटेलले लिएका विकेट । त्यसैले यस खेलमा हाम्रो टिम वर्क सबैभन्दा राम्रो रह्यो । त्यसकारण जितको श्रेय पनि ब्याट्सम्यान, बलर, फिल्डर लगायत सबै खेलाडीलाई जान्छ । हामीले यो खेलमा धेरै रमाइलो गर्यौ । यिनै क्षणहरु नै मुम्बई इन्डियन्स विरुद्धको खेलको टर्निङ प्वाइन्ट साबित भएका हुन् ।

अमित : आईपीएलमा तिम्रो अनुभव चाहिँ कस्तो रह्यो ? म आशा गर्छु तिमीले धेरै रमाइलो गर्यौ विशेषगरी मसँग ? (हा.हा.हा.) 

सन्दिप : (हा.हा.हा.) हो तपाईले सही भन्नुभयो । तपाई साँच्चिकै भेट्रान हुनुहुन्छ र तपार्इँ लगायत अन्य खेलाडीहरुसँग एउटै ड्रेसिङ रुम शेयर गर्नु मेरा लागि धेरै ठूलो कुरा हो । तपाईँहरुले मप्रति अत्यन्तै नम्र व्यवहार देखाउनु भयो म त्यसका लागि आभारी छु । 
मेरो यो अनुभवले मलाई धेरै महत्वपूर्ण पाठ सिकाएको छ । जस्तै, सधैँ सरल स्वभाव अपनाउन लगायतका अरु थुप्रै, जुन मैले अहिले सबै वर्णन गर्न सक्दिन । व्यक्तिगत रुपमा मेरो यसरी ख्याल राखेकामा म दिल्लीका सदस्य, प्रशिक्षक र खेलाडीलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु ।
यो अनुभव मैले नेपाली क्रिकेटमा पनि उपयोग गर्नेछु । जसले नेपाली क्रिकेट टिमलाई अझै उचाइमा पु¥याउन मद्दत गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  ०४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC