site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
आईपीएलमा सनसनी मच्चाएका सन्दीप आज स्वेदश फर्किँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागी भएका सन्दीप लामिछाने आज स्वदेश फर्किँदैछन् । सन्दीप नेपाली समयअनुसार दिउँसो ४ बजेर १५ मिनेटमा नेपाल आईपुग्नेछन् ।

सन्दीप जेट एयरलाइन्समार्फत नेपाल आउन लागेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दिल्ली डेयरडेभिल्सबाट आईपीएल खेलेका सन्दीप मार्च २७ मा भारत गएका थिए । सन्दीपले आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलबाट ५ विकेट लिए । रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको डेब्यु खेलमा प्रभावकारी प्रदर्शन गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर सन्दीपले १ विकेट लिएका थिए । त्यस्तै, चेन्नाई सुपर किंग्सविरुद्धको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए ।

अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका थिए । यतिबेला सन्दीपको चौतर्फी चर्चा भइरहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  ०५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC