site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
समुद्रतर्फ पुगिसकेको लाभाले हवाई वासीमाझ तेजाब वर्षाको नयाँ खतरा निम्त्याउँदै !
Sarbottam CementSarbottam Cement

एजेन्सी । हवाईमा ज्वालामूखी विस्फोटनपछि लगातार बगिरहेको लाभा अहिले समुद्रसम्म पुगेको छ । दुई हप्ताअघि विस्फोटन भएको किलाउ ज्वालामूखीले हवाइ टापूका दर्जनौँ घरहरु नष्ट पारिसकेको छ भने हजारौँ वासिन्दाहरु घर छोडेर जान बाध्य भएका छन् । तर गत हप्ताको नयाँ विस्फोटनपछि भने लाभाको गति झन तिव्र बन्न पुगेको बताइएको छ ।  

त्यसैले अहिलेको नयाँ लाभा अझ बढी तातो र छिटो भएकाले यसले दक्षिणतर्फको समुद्रसम्म पुगि धुँवा र विभिन्न ग्यासहरुको ठूलो बादल बनाइरहेको डेलीमेलले उल्लेख गरेको छ । त्यसैले यस बादलका कारण टापूमा हाइड्रोक्लोरिक एसिड (तेजाब) को वर्षा हुने धेरै सम्भावना देखिएको छ भने अर्कोतर्फ सिसाजन्य पदार्थहरु पनि वर्षासँगै झर्ने बताइएको छ । त्यस्ता पदार्थहरु मानिसको आँखा र छालामा प्रवेश गरे गम्भीर असर पार्ने र दुषित हावाले स्वासप्रस्वास सम्बन्धी समस्या पनि निम्त्याउने विज्ञहरुले चेतावनी दिएका छन् । अहिलेसम्म २४ किलोमिटर बगिसकेको उक्त लाभा दक्षिणतर्फको समुद्रमा पुगेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैले अहिले हवाईका सम्बन्धित निकायले हावाको बहावमा परिवर्तन आए लाभाको दिशा पनि बदलिन सक्ने भन्दै सबैतिर सचेत रहन आग्रह गरेको छ । त्यसैगरी नयाँ विस्फोनपछि अत्यन्तै विषालु मानिने सल्फर डाइअक्साइड ग्यासको उत्पति पनि पहिले भन्दा तीन गुनाले बढिसकेको बताइएको छ । यसैकारण अहिले फेरि सो क्षेत्र वरपर सबै घरहरु खािल गरि लाभाले पार गरेको हाइवे सडक पनि बन्द गरिएको छ । 

समुद्रमा पुगेको लाभा भन्दा पाँच किलोमिटर टाढा बस्दै आएका स्थानीय जोसेफ केकेडीले पनि भाग्यवश् लाभा आफ्नो घरतर्फ नआएको बताएका हुन् । तरपनि आफूहरु हरेक समय सचेत रहेको र आपत्कालिन् समयमा भाग्नका लागि समेत तयार रहेको उनले बताएका छन् । लाभाको बहाव भन्दा फरक दिशामा अझै पनि थुप्रै मानिसहरु घरैमा बसिरहेका छन् । 

Global Ime bank

विज्ञहरुले समेत ज्वालामूखी कति समयसम्म विस्फोटन भइरहन्छ भनेर ठीक अनुमान गर्न नसकिने बताइरहेका छन् । सो पहाडमा अहिलेसम्म २० वटा भेन्टहरु खुलेर विस्फोटन भइसकेका छन् । जसमा चारवटा ससाना भेन्टहरु एउटै ठूलो दुलोमा परिणत भएपछि यसअघि धेरै भयानक विस्फोटन गराएको थियो । यसरी बल्दै गरेको लाभा धेरै उचाइसम्म पुगि र २७४ मिटर प्रति घण्टाको गतिमा समुद्रतर्फ गइरहेको छ । तरपनि हवाईले विमानको आवत्जावत्मा कुनै असर नपरेको बताउँदै पर्यटकहरुलाई ज्वालामूखी भन्दा टाढाका स्थानहरु अवलोकन गर्न अनुमति दिइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  ०५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC