site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पेटभित्र १०६ वटा कोकिन क्याप्सुलसहित महिला पक्राउ 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बीबीसी । भारतीय पुलिसले एक २५ वर्षीया विदेशी महिलाको पेटबाट १०६ वटा कोकिनका क्याप्सुलहरु बरामद गरेको छ । दिल्लीस्थित भारत भित्र्याउने क्रममा अन्तराष्ट्रिय विमानस्थल भित्रै पुलिसले उनलाई गिरफ्तार गरेको थियो । सो कोकिन ५ करोड भारतीय रुपैँया बराबर रहेको उल्लेख गरिएको छ ।

गिरफ्तार गरिएपछि उनलाई उपचारका लागि एक हप्तासम्म अस्पताल राखिने तय भएको बताइएको छ । पुलिसले बताए अनुसार ती महिलाले ब्राजिलको साउ पौलोमा ती क्याप्सुलहरु निलेकी हुन् जसलाई दिल्लीमा रहेका एक नाइजेरीयाली नागरिककहाँ पुर्याउन उनलाई आदेश दिइएको थियो । यसअघि लागू औषध विभागका अधिकारीहरुले कहिल्यै पनि त्यति धेरै मात्रामा मानिसको पेटभित्र कोकिन फेला नपारेको बताएका छन् । 

पुलिसले नियन्त्रणमा लिएको सो कोकिन कोलम्बियाको अत्यन्तै उच्च गुणस्तरको भएकाले यस्ता मुद्दाहरुमा फेला पारिने सस्ता लागू औषध भन्दा त्यो निकै फरक किसिमको भएकोे बताएका छन् । अहिले भने पुलिसले तस्करीमा संलग्न ती नाइजेरियाली नागरिकको खोजी गरिरहेको बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC