site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उत्तर कोरियाले परमाणु हतियार नष्ट गरेको कसरी थाहा पाउने ?
Ghorahi CementGhorahi Cement

बीबीसी । उत्तर कोरियाले यसै साता विदेशी पत्रकारहरुको उपस्थितिमा आफ्ना परमाणु परीक्षण केन्द्र (न्यूक्लियर टेस्ट साइट्स) नष्ट गर्न शुरू गर्ने भनेको छ । र यथार्थमा एउटा मुलुकले

आफ्ना परमाणु हतियार नष्ट गर्नका लागि के गर्नु पर्दछ ?

उत्तर कोरियाको उत्तर–पूर्वी पहाड़ी क्षेत्रमा प्योंगयांगको परमाणु परीक्षण केन्द्र पंग्गी–री कम्प्लेक्स हो । सन् २००६ बाट यहाा छ पटक परमाणु परीक्षण सम्पन्न भइसकेको छ । उत्तर कोरियाले त्यसलाई नष्ट गर्नका लागि ‘प्राविधिक कदम’ २३ बाट २५ मे को बीच अपनाइने बताएको छ ।

Agni Group

पंग्गी–री कम्प्लेक्स उत्तर कोरियाको परमाणु परीक्षण स्थल हो, जहाँ पहाड मुनी एक सुरुङ छ । परमाणु परीक्षण कारण यो स्थान आशिंक रूपले ध्वस्त भइसकेको पनि बताइन्छ । 

दावीको पुष्टि कसरी हुन्छ ?

Global Ime bank

 

उत्तर कोरियाले विदेशी नीतिहरुलाई नजिकबाट हेर्ने दक्षिण कोरिया र अन्तराष्ट्रिय पत्रकारहरुलाई बोलाउनुको उदेश्य आफ्नो ‘पारदर्शी तरिका’ हरु देखाउनु भएको बताएको छ । 
ति पत्रकारहरुलाई सुरुङ नष्ट गरेको र निगरानी केन्द्र बन्द गरिएको देखाइने उत्तर कोरियाको भनाई छ । तर विशेषज्ञहरुलाई उक्त कार्यक्रममा आमन्त्रण गरिएको अथवा नगरिएको बारेमा भने केही खुलाइएको छैन् । परमाणु हतियाहरु नष्ट गर्नका लागि विशषज्ञहरु आवश्यक पर्दछन् । 

कम्प्रिहेन्सिभ न्यूक्लियर टेस्ट बैन ट्रिटी अर्गेनाइजेशन (सीटीबीसीओ) लाई बोलाइए उक्त स्थान परमाणु परीक्षणका लागि पूर्णतया नष्ट गरिएको पुष्टि हुनेछ । संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त यो संगठनको उदेश्य पूरै विश्वलाई परमाणु परीक्षणमा प्रतिबन्ध लगाउनु हो । 

पुष्टि गर्न वर्षौं लाग्ने 

यद्यपि उत्तर कोरियाले पंग्गी–रीलाई नष्ट गरे पनि अस्थिरता कम हुने छ । सन् १९९४ मा ‘अग्रीड फ्रेमवर्क’ नामम संगठनले आफ्नो जांचका क्रममा तेल र हलुका पानीयुक्त परमाणु रिएक्टहरुको बदलामा उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम रोकेको पत्ता लगाएको थियो । 

परमाणु प्रविधिको उपयोगको देखरेख गर्ने संस्था द इनटरनेशनल एटोमिक एनर्जी एजेन्सीले निरीक्षण गरेर उत्तर कोरिया परमाणु सामग्रीको प्रयोग हतियार निर्माण गर्नका लागि नगरेको बताएको थियो । 

२००५ मा उत्तर कोरियाले ‘आत्मरक्षा’ का लागि परमाणु हतियार बनाइएको बताएको थियो । भविष्यमा परमाणु हतियार नष्ट गर्ने निर्णयलाई राम्रोसँग निगरानीको आवश्यकता रहने छ । पंग्गी–री एक सप्ताहमा नष्ट गरिए पनि पूर्णतया परमाणु हतियारहरु नष्ट गरिएको बारेमा पुष्टि गर्न वर्षौं लाग्न सक्छ । 
 

https://www.bbc.com/hindi/international-44193010

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  ०५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC