site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाली सेनाद्वारा लघु चलचित्रहरु पुरस्कृत  
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली सेनाद्वारा सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा “लघु चलचित्र प्रतियोगिता—२०७४” का उत्कृष्ट लघु चलचित्रलाई पुरस्कृत गरियो । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले उत्कृष्ट लघु चलचित्रहरुका साथै “सिपाही वार्षिक पत्रिका तथा द शिवपुरी जर्नल” का उत्कृष्ट लेखकहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । 

कार्यक्रममा “लघु चलचित्र प्रतियोगिता—२०७४” मा प्रथम हुने संजिव पौडेलकोे लघु चलचित्र ‘अटूट नाता’, द्वितीय हुने शम्भुसेन थापाको लघु चलचित्र ‘त्याग’ र तृतीय हुने प्रद्युम्न मिश्रको लघु चलचित्र ‘ईतिहास निर्माणको यात्रामा’ लाई क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ नगद पुरस्कार र प्रशंसा–पत्र प्रदान गरियो । सोही प्रतियोगितामा चौथो हुने विकास लामाको लघु चलचित्र ‘विजेता’ र पाचौं हुने जोन गुरुङको लघु चलचित्र ‘वैशाखी’ लाई सान्त्वना पुरस्कार स्वरुप जनही २५ हजार रुपैया नगद राशी सहित प्रशंसा–पत्र प्रदान गरियो । प्रतियोगीतामा भाग लिएका सम्पुर्ण प्रतियोगीहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सोही अवसरमा नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही वार्षिक—२०७४” तथा “द शिवपुरी जर्नल–२०१८” मा प्रकाशित लेख रचनाहरु मध्ये प्रथम हुने धर्मबहादुर बानियाँ, द्वितीय हुने रन्जीत थापा र तृतीय हुने पदमबहादुर बुढालाई  क्रमशः .५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारका साथै कदर(पत्र प्रदान गरिएको थियो । अन्य ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही नगद १० हजार र कदर पत्र प्रदान गरिएको थियो ।

उक्त अवसरमा लघु चलचित्र प्रतियोगिताका निर्णायक मण्डल र लेख रचनाका निर्णायक मण्डललाई समेत प्रशंसा–पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । 

Global Ime bank

नेपाली सेनाले प्रत्येक वर्ष लघु चलचित्र प्रतियोगिताको आयोजना गरि उत्कृष्ट लघु चलचित्रलाई पुरस्कृत गर्दै आइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC