site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Lg3hriUEG2M
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक लेन उल्लंघन गर्नेको संख्या बढ्दै गएको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४ वर्षमा २ लाख ५५ हजार ९ सय २२ जनाले लेन मिचेका छन् । लेन मिच्नेमा पुरुषको संख्या २ लाख ४३ हजार ७ सय ४६ छ भने महिलाको संख्या १२ हजार एक सय ७६ छ । 

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसएसपी ) उमेश रञ्जितकारका अनुसार उपत्यकाका दरबारमार्ग र थापाथली क्षेत्रमा सबैभन्दा बढी लेन मिचेको पाइएको छ । एसएसपी रञ्जितकारले ‘टिनएजर्स’हरुले बढी लेन मिच्ने गरेको पाइएको र कतिपय स्थानमा लेन अभावका कारण कारवाही गर्न असहज भएको बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७१/७२ मा लेन उल्लंघन गर्नेको संख्या ३७ हजार पाँच सय चार छ भने ०७२/७३ मा ४८ हजार ७१ जना कारवाहीमा परेका छन् । यस्तै यस्तै आर्थिक वर्ष ०७३/०७४ मा एक लाख ३१ हजार पाँच सय ३३ जना कार्वाहीमा पर्दा ०७४/०७५ को बैशाख मसान्तसम्ममा ३८ हजार आठ सय १४ जना कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

कारवाहीमा परेका सवारी साधनबाट चौथो आर्थिक वर्षको वैशाख मसान्तसम्ममा २५ लाख एक सय २८ रुपैयाँ राजश्वसमेत संकलन भएको छ । काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरमध्ये सबैभन्दा बढि लेन मिच्ने कार्य काठमाडौंमा बढी भएको पाइएको छ । महाशाखाका अनुसार काठमाडौंको सिंहदरबार, दरबारमार्ग, माइतीघर, थापाथली, भद्रकाली, पुतलीसडकलगायतका स्थानमा अन्य स्थानको तुलनामा बढी लेन नियम मिच्ने काम हुने गरेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC