site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गोरे पक्राउपछि सनमकी आमा र श्रीमतीले भने– अब न्याय पाउँछौं
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेपछि मृतकका परिवारले शतप्रतिशत न्याय पाउने विश्वास व्यक्त गरेका छन् । सनमकी आमा कल्पना र श्रीमती सुनिता शाक्य सुन तस्करी र सनम हत्याको विषयमा बहस सुन्न मंगलबार मोरङ अदालत आएका थिए । त्यहीबेला नै उनीहरूले गोरे पक्राउ परेको खबर सुनेका थिए । गोरे पक्राउ परेको खबर सुन्नासाथ उनीहरु खुसी देखिएका थिए ।

आमा कल्पनाले भनिन्, “जन्मकैद फैसलाको अपेक्षा गरेको छु ।” श्रीमती सुनिताले पनि ज्यान मार्नेलाई जन्म कैद नै हुनुपर्ने माग गरिन् । 

जिल्ला अदालत मोरङको ६ नम्बर बेन्चमा न्यायाधीश नारायण शर्माको इजलासमा सरकारी वकिलहरुले प्रतिउत्तर बहस गरिरहेका थिए । इजलासभित्र बसेका पीडित–पीडक एकआपसमा गोरे पक्राउ परेको खबर कान फुकेर सुनाउँदै थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC