राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । पार्टी महासचिव विष्णु पौडेलले नामावली सार्वजनिक गरेका हुन् ।
सोमबार बसेको नेकपाको सचिवालको पहिलो बैठकले पूर्व एमाले र माओवादी केन्द्रले दिएको नाम अनुमोदन गरेको थियो ।
नवगठित केन्द्रीय कमिटीमा पूर्वएमालेका तर्फबाट २४१ र माओवादी केन्द्रका तर्फबाट २०० जना समावेश छन् । त्यस्तै ४५ सदस्य स्थायी कमिटी गठन गरिएको छ । स्थायी कमिटीमा अमिक शेरचन, अमृतकुमार बोहोरा, केशव बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा, सोमनाथ अधिकारी प्यासी भने आमन्त्रित सदस्य रहनेछन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५ १३:३६
प्रतिक्रिया दिनुहोस्