खेल
काठमाडौं । १७औं क्याडेट्स, जुनियर एण्ड यु–२१ एसियन कराते च्याम्पियनसिपमा कास्य पदक विजेता एस्टर राईलाई सम्मान गरिएको छ । नेपाल कराते महासंघले काठमाडौंमा मंगलबार एक कार्यक्रम गर्दै एस्टरलाई सम्मान गरेको हो ।
जापानमा सम्पन्न च्याम्पियनसिपमा नेपालका लागि एक मात्र कास्य पदक एस्टरले दिलाएकी थिइन । जापानमा मे १० देखि १३ तारिखसम्म सम्पन्न भएको च्याम्पियनसिपमा एस्टरले ६१ केजी तौल समूह मुनी कास्य जितेकी थिइन् ।
कास्य पदक विजेता खेलाडी एस्टरले सम्मानसहित २५ हजार नगद प्राप्त गरिन्् । उनलाई नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्र विक्रम लाखेले नगद प्रदान गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५ १३:५२
प्रतिक्रिया दिनुहोस्