site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तरुण दल देशैभर छरिएका कार्यकर्तालाई एकसाथ प्रशिक्षण दिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले देशैभरका वडाहरुमा छरिएर रहेका कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएको छ । 

कांग्रेस निर्वाचनमा पराजित भएपछि संगठन सुदृढीकरणमा लागेको तरुण दलले कार्यकर्ता प्रशिक्षित गर्न एकै दिन प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वडा–वडामा छरिएर रहेका तरुण दलका युवाहरुलाई प्रशिक्षित गर्न तरुण दलले बैसाख १९ गते देशैभरीका वडाहरुमा एकसाथ ‘वडा स्तरीय प्रशिक्षण कार्यक्रम’ आयोजना गई गइरहेको महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिए । 

उनका अनुसार तरुण दलले बैसाख १२ गते ७५३ वटै स्थानीय तहमा नगरपालिका र गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम तय गरेको छ । तरुण दलले जेठ ५ गतेका दिन एकसाथ ७७ वटै जिल्लाहरुमा ‘जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम’ सम्पन्न गरिसकेको छ । यसरी एकै दिन पारेर भइरहेको प्रशिक्षणलाई तरुण दलले कांग्रेसको इतिहासमै पहिलो पटक आयोजना गरिएको दावी गरेको छ । 

Global Ime bank

तरुण दलले प्रदेश नम्बर १ को झापाबाट शुरु गरेको प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई ७ नम्बर प्रदेशको कैलालीमा सम्पन्न गरेको थियो । गत चैत २५ गतेबाट शुरु गरेको उक्त प्रशिक्षण कार्यक्रम बैसाख ३१ गते सम्पन्न भएको थियो ।    

गत फागुन २२–२४ गतेसम्म भक्तपुरको नगरकोटमा सम्पन्न तरुण दलका जिल्ला अध्यक्षहरुको भेलाले संगठनलाई सुदृढ गरेर लैजान प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC