site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आत्मसमर्पणका लागि आएका थिए गोरे !
Ghorahi CementGhorahi Cement

काठमाडौं । मंगलबार बिहान काठमाडौंबाट पक्राउ परेका भनिएका चुडामणि उप्रेती आत्मसमर्पणका लागि नेपाल आएको खुलेको छ । उनले मावनअधिकारवादी संस्थालाई आफ्नो ज्यानको खतरा रहेकाले सुरक्षाको लागि आग्रह गरेको स्रोतले जानकारी दियो ।
३३ किलो सुन प्रकरणमा आफूलाई मात्रै दोष देखाउन विभिन्न पक्षहरु मिलेर आफ्नो ज्यानै लिनेसम्मको घटना घट्न सक्ने उनले आशंका गरेको स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार समितिसमक्ष पनि उनले आफू भरियामात्रै भएको बयान दिएका छन् । गोरेले मानव अधिकार संगठनका लागि लेखेको सहयोगपत्रमा आफूसँग भएका कुरा राख्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।
समितिले मंगलबार बिहान गौरीघाटबाट पक्राउ गरेको जानकारी पत्रकार सम्मेलनमा दिएको छ ।
उनी आत्मसमर्पणका लागि आएका बेला पक्राउ परेको हुन सक्ने आशंका गरिएको छ ।  साढे ३३ किलो सुन र सनम हत्याका मुख्य अभियुक्त भनिएका  उप्रेती गोरेलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरी सार्वजनिक गरिएको गृह मन्त्रालय अन्तर्गतको विशेष छानबिन समितिले जनाएको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले गोरेलाई मंगलबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिएको छ । समितिले गृह मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा गोरेलाई सार्वजनिक गरिएको थियो ।
उनलाई फरार करार गर्दै अदालतमा मुद्दासमेत दायर गरिएको छ । उनी काठमाडौं उपत्यकाभित्र आएको सूचना पाएपछि समितिले खोजी कार्य तीव्र पारेको थियो ।

Agni Group

उनलाई गौरीघाट क्षेत्रमा पक्राउ गरी प्रारम्भिक सोधपुछ गरिएको समितिले जनाएको छ । “यसै मुद्दाका विभिन्न अभियुक्तहरु जम्मा ६५ जना हुनुहुन्छ, निजहरुका विषयमासमेत थप प्रमाण र तथ्य फेला परेका छन्,” समितिका संयोजक पौडेलले भने । 
त्यसबाहेक पनि अन्य सूचना र प्रमाण पनि फेला परेको समितिले पत्रकार सम्मेलनमा जनाएको छ । 

सनम शाक्य हत्या र साढे ३३ किलो सुन प्रकरणमा गोरे नै मुख्य दोषी भएको छानबिन समिति र प्रहरीको दाबी छ । तर अनुसन्धानकै क्रममा रहेकाले थप विषय भन्न नमिल्ने समितिका संयोजक पौडेलले बताए ।
समितिले यो विषय जेरीजस्तै जेलिएको अवस्थामा रहेको जनाएको छ ।

Global Ime bank

मुख्य अभियुक्त गोरे पक्राउ परी सार्वजनिक गर्दै समितिका संयोजक पौडेलले अहिले यो विषय अनुसन्धानकै क्रममा रहेकाले अन्य धेरै बोल्न नमिल्ने जानकारी गराए । “हामी गम्भीर विषयमा अनुसन्धान गरिरहेका छौं,” समितिका संयोजक पौडेलले पत्रकारहरुसँग भने, “ हामी गम्भीर विषयमा अनुसन्धान गरी जसरी भित्र प्रवेश गरेका छौं । हामीले  मोवाइल अफ गरेर अनुसन्धान गरेका छौं । त्यसैले पनि अहिले यो विषयमा धेरै बोल्न मिल्दैन ।”
उनले मोरङ उर्लाबारीका गोरे काठमाडौंको गौरीघाट क्षेत्रमा बस्दै आएको बताए ।
“फरार रहेकै अवस्थामा सुक्ष्म संयन्त्र परिचालन गर्दै नेपाल र भारतमा खोजी जारी राखेका थियौं,” समितिका संयोजक पौडेलले भने, “उनी काठमाडौंभित्र आएको विशेष सूचनाका आधारमा आधारमा हामीले तीनदिनदेखि खोजी जारी राखेका थियौं  । उनी गौरीघाट क्षेत्रमा बस्दै आएको गोप्य स्रोतबाट जानकारी पाएपछि आज बिहान ५ बजेर ३४ मिनेट जाँदा उनलाई गौरीघाट क्षेत्रबाटै पक्राउ गरिएको छ ।”
समितिले गोरेसँग बयान पनि लिइसकेको छ ।
“यो विषय जटिल र गम्भीर प्रकृतिको छ,” समितिका संयोजक पौडेलले भने,“संगठित अपराध भएकाले गम्भीर देखिएको हो । यो जेरी जस्तै जेलिएको छ । हरेक जेरीलाई सेलरोटीजस्तै फुलाउँदै छुट्याउनुपर्ने अवस्था छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC