काठमाडौं । दुबईबाट अवैध सुनको कारोबार गर्ने समूहका मुख्य नाइके चुडामणि उप्रेती गोरेलाई प्रहरीले मंगलबार बिहान काठमाडौंबाट पक्राउ गरेको छ । गृह मन्त्रालयले बनाएको विशेष छानबिन समितिले उनलाई पक्राउ गरी नेपाल ल्याएको जनाएको छ । उनलाई मंगलबार नै सार्वजनिक गरिएको थियो ।
माघ पहिलो साता दुबई हुँदै नेपाल ल्याइएको साढे ३३ किलो सुन एकाएक गायब भएपछि सुन तस्करीसम्बन्धी विषय बाहिर आएको थियो । गृह मन्त्रालयले बनाएको छानबिन समिति र मोरङ प्रहरीले अदालतमा गोरेविरुद्ध १७ अर्बको मागदाबीसहित मुद्दा दायर गरेको छ ।
यस्तो छ अदालतमा गोरेविरुद्ध दायर मुद्दा
गोरे भन्ने चुडामणी उप्रेतीका हकमा कसूर र सजायको मागदावीः–
अनुसन्धान अधिकारी, विशेष अनुसन्धान टोलीले अनुसन्धानबाट संकलन गरेका प्रतिवादीहरुको घट्ना सम्वद्ध श्रब्य दृष्य सामाग्री, प्रतिवादीहरुको बयान, विभिन्न स्थलबाट संकलित घट्नास्थल प्रकृति एवं बरामदी मुचुल्का, प्रतिवादीहरुको घर र साथबाट वरामद रजिष्टर एवं कागज प्रमाण र विद्युतीय साधनहरु समेतका प्रमाणबाट नेपालमा अवैध तवरले सुन भित्र्याएको देखिएको, व्यक्तिगत रुपमा विदेशबाट नेपालमा सुन पैठारी गर्ने अनुमति प्रचलित नेपाल कानून बमोजिम कसैलाई नभएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर स्थित रहेको भन्सार कार्यालयले तोकेको बाटो बाहेक अन्यत्रबाट चोरी पैठारी गर्ने गरेको, गोरे भन्ने चुडामणी उप्रेती संगठित अपराध निवारण ऐन, २०७० को दफा ५ मा निषेधित आपराधिक समुह आपराधिक लाभका लागि संस्थापक सदस्य भई निजले आपराधिक समुह स्थापना र सञ्चालन गरी संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (३) मा उल्लिखित गंभिर अपराध कसूरमा संलग्न रहेको माथि उल्लिखित प्रमाणहरुबाट देखिन्छ । उक्त आपराधिक समुह विदेशबाट नेपालमा अवैध तवरले सुन चोरी पैठारी गर्ने र नेपालबाट विदेशमा चोरी निकासीका लागी सञ्चालन गरेको, उक्त आपराधिक समुह नेपाल भित्र र नेपाल बाहिर दुवई, भारत लगायतका मुलुकमा संगठित सदस्यका रुपमा सञ्जाल विस्तार गरी सञ्चालन गरेको, संगठित सदस्यहरुको संख्या बढाउँदै लगेको अनुसन्धानबाट संकलित प्रमाणहरुबाट देखिन्छ ।
संगठित अपराध समुह तयार पारी दुबई समेतका मुलुकबाट नेपालमा सुन अवैध चोरी पैठारी र नेपालबाट विदेशमा चोरी निकासी गरेको हिसाब प्रतिवादी मोहन काफ्लेको घरबाट वरामद विभिन्न रजिष्टर, नोटबुक, कापी समेतका कागजहरुबाट विभिन्न मितिमा अवैध तवरले सुन चोरी पैठारी गरी हाल सम्मको अनुसन्धानबाट खुल्न आएको सुन चोरी पैठारीको परिमाण हेर्दा ३,७६६ के.जी. र ५९ ग्राम (तीन हजार सात सय छैसट्ठी केजी र उनान्साठी ग्रामः अर्थात ३७,६६,०५९ ग्राम) सुन नेपाल भित्र्याएको माथि उल्लिखित प्रमाण कागजातबाट पुष्टी भएको देखिन्छ । नेपाल सुनचाँदी व्यवसायी संघले तय गरेको मूल्यमा उक्त अवैध सुनको तत्कालीन बजार भाउका हिसावले मूल्य रु. १६,८५,४३,५६,९१३।९० (सोह्र अर्ब पचासी करोड त्रिचालीस लाख छपन्न हजार नौ सय तेह्र रुपैयाँ नब्बे पैसा) बराबरको सुन अवैध तवरले नेपाल भित्र्याएको देखिएको, यसै गरी मिति २०७४।१०।०९ गते चोरी पैठारी गरी साढे ३३ के.जी. (३३,५०० ग्राम) सुनको उक्त दिनको बजार भाउका हिसाबले रु.१६,३७,१४,५००। (सोह्र करोड सैतिस लाख चौध हजार पाँच सय) मूल्य बराबरको सुन प्रतिवादीहरुको आपराधिक समुहले नेपाल भित्र अवैध तवरले चोरी पैठारी गरी भित्र्याएको हाल सम्मको अनुसन्धानबाट खुलेको जम्मा परिमाण ३७,९९,५५९ ग्राम (सैतीस लाख उनान्सय हजार पाँच सय उनान्साठी ग्राम) को मूल्य रु.१७,०१,८०,७१,४१३।९० (सत्र अर्ब एक करोड असी लाख एकहत्तर हजार चार सय तेह्र रुपैया र नब्बे पैसा) को सुन नेपालको कुन जिल्लामा पु¥याए वा विदेशको के कुन स्थानमा पु¥याए भन्ने तथ्य प्रतिवादीहरुले एक एक गरी खुलाएको नदेखिएको र अवैध तवरले नेपालमा चोरी पैठारी गरेको उक्त सुनको कारोवार सहितका हिसाब किताब राखिएका रजिष्टर समेतका कागजात मोरङ जिल्ला स्थित प्रतिवादी मोहन काफ्लेको घरबाट बरामद भएको स्थिति छ ।
आपारधिक समुहले नियमित रुपमा अवैध सुन नेपालमा पैठारी गर्ने क्रममा पछिल्लो साढे ३३ के.जी.सुन के कसरी वेपत्ता पारियो भनी ठेगान लगाउन नसकेको र सोही घट्नाले श्रृङ्खलाबद्ध रुपमा आपराधिक समुहले अन्य अपराधहरु गर्दै गएको अनुसन्धानबाट संकलित सनम शाक्यको कर्तब्य ज्यानसँग सम्वद्ध प्रमाण, श्रब्य दृष्य सामाग्री, प्रतिवादीहरुका बरामद रजिष्टर समेतका कागजात, एक आपसमा भएको फोन सम्पर्क, प्रतिवादीहरु नेपालबाट विदेश प्रस्थान र नेपाल आगमन अभिलेख विवरणबाट उक्त कसूर स्पष्ट रुपमा पुष्टी भएकोेले प्रतिवादी गोरे भन्ने चुडामणी उप्रेतीले जानी जानी भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१) मा निषेधित तवरले सुन अवैध तवरले चोरी पैठारी र चोरी निकासीको कसूर गरेकोले उक्त कसूरमा भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१) को देहाय (च) बमोजिम सुनको अवैध चोरी पैठारी र चोरी निकासी गरेको परिमाण ३७,९९,५५९ ग्राम परिमाण (सैतीस लाख उनान्सय हजार पाँच सय उनान्साठी ग्राम) को मूल्य रु.१७,०१,८०,७१,४१३।९० (सत्र अर्ब एक करोड असी लाख एकहत्तर हजार चार सय तेह्र रुपैया र नब्बे पैसा) बराबरको सुन अवैध तवरले नेपाल भित्र्याई सुन चोरी पैठारी र चोरी निकासी गरेको कसुरको मात्रा अनुसार भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा १ को देहाय (च) वमोजिम नै ५ वर्ष (हदै सम्म) कैद र विगो बमोजिम जरिवानाको सजाय हुन साथै उल्लिखित प्रतिवादी गोरे भन्ने चुडामणी उप्रेती र निजका परिवारका नाममा र प्रतिवादीले अन्य कोही कसैका नाममा राखेका संगठित अपराधबाट आर्जित चल अचल सम्पति समेत संगठित अपराध निवारण ऐन, २०७० को दफा ५१ को उपदफा (२) बमोजिम जफत गरी पाउन र उल्लेखित भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१) को देहाय (च) बमोजिमको सजाय हुने कसुर संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (३) वमोजिम गम्भीर अपराध भएको साथै निज प्रतिवादी गोरे भन्ने चुडामणी उप्रेतीले संगठित अपराध निवारण ऐन, २०७० को दफा ५ मा निषेधित आपराधिक लाभका लागि आपराधिक समुह स्थापना र सञ्चालन समेत गरेकोले निज प्रतिवादी गोरे भन्ने चुडामणी उप्रेतीलाई संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) बमोजिम थप सजाय र ऐ.ऐनको दफा ९ को देहाय (ग) वमोजिम सजाय हुन समेतको मागदावी लिईएको छ ।
प्रतिवदादी गोरे भन्ने चुडामणी उप्रेतीले आपराधिक समुह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी गर्ने क्रममा पछिल्लो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयरलाइन्सको दुवई बैंकक हुँदै काठमाण्डौमा अवतरण गरेको विमान टीजी ३१९ बाट नेपाल भित्रिएको एमके मामा भन्ने मोहन कुमार अग्रवालको लगानीको साढे ३३ के.जी. सुन सम्वन्धित लगानी कर्ता समक्ष पुग्न नपाई संगठित सदस्यहरुमध्ये थाई एयरवेजका नेपाल स्थित कर्मचारीहरुले बोकी हिँडेका बखत हराएको उक्त सुन नेपाल भित्रको कुनै जिल्ला वा वदेशी मुलुकको यही स्थानमा पु¥याएको भनी प्रतिवादीहरुले ठेगान लगाउन नसकी संगठित समुहका सदस्यहरुलाई अपहरण गर्न आदेश दिएको, यातना दिएको, सनम शाक्यको अपहरण गर्न आदेश दिएको, सनम शाक्यको परिवारलाई नै सखाप पारिदिने भनी फटक पटक फोन सम्पर्क गरी धम्की दिई तोकिएको स्थानमा उपस्थित हुन बाध्य पारेको, काठमाडौ, ललितपुर, भक्तपुर, सिन्धुली, झापा, सिराह, सुनसरी, मोरङ, समेतका जिल्लाका विभिन्न एकान्त र अज्ञात स्थानमा लगी सनम शाक्यको शरीर बन्धक लिई यातना दिएको, मोरङ उर्लावारी न.पा. वडा नं. १ स्थित सोल्टी खोला नजिक चौर र जंगल भित्र लगी रुखमा बाँधी चोरी पैठारी गरी नेपाल भित्र्याएको सुनको खोजी गर्ने निहुँमा पाईपले कुटपिट गर्ने गराउने, करेन्ट लगाउने र लगाउन आदेश दिने, चरम यातना दिने समेतको निज प्रतिवादी गोरे भन्ने चुडामणी उप्रेतीको कार्य मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको दफा १ मा परिभाषित एवं निषेधित कसूर अपराधमा सोही ऐन महलको ७ नं. मा परिभाषित तवरले गरेको प्रमाणबाट पुष्टी भएकोले निज प्रतिवादी गोरे भन्ने चुडामणी उप्रेतीलाई मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ३ नं. बमोजिम सजाय गरी सोही ऐन महलको ७ नं. बमोजिम थप सजाय हुन र उक्त कसुर संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (३) अन्तर्गत को गम्भीर कसूर गरेकोले संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) बमोजिम थप सजाय समेत गरी पाउन र मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको १२ नं.बमोजिम मृतक सनम शाक्यको परिवारलाई क्षतिपूर्ति भराई पाउन समेतको मागदावी लिईएको छ । संगठित समुहका सदस्यहरुलाई पालै पालो कुटपिट गर्ने, कुटपिट गर्न आदेश दिने, घट्नाको पोल खुल्ने डरले गाडि भित्र राखी करेन्ट लगाउने र करेन्ट लगाउन आदेश दिने, जोखिमी उपकरण प्रयोग गर्ने गराउने, मृतक सनम शाक्यलाई कुटपीट गर्ने करेन्ट लगाउने र मृत्युको मुखमा पुगेको कुरा संगठित सदस्यहरुले जाहेर गर्दा मरे मरोस करेन्ट लगाई राख भनी मुख्य भई बचन आदेश दिने र सोही आदेशको संगठित सदस्यहरुले पालना गरी करेन्ट लगाउँदा र आपैmले समेत कुटपीट गरी करेन्ट लगाउदा सनम शाक्यको मृत्यु भएको पुष्टी भएकोले निज गोरे भन्ने चुडामणी उप्रेतीको उक्त कार्य मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं. विपरित १३(१) नं. बमोजिमको कसूर संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (३) को देहाय (क) बमोजिमको समेत कसूर गरेकोले निज प्रतिवादी गोरे भन्ने चुडामणी उप्रेतीलाई मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १३ (१) नं. बमोजिम सजाय गरी संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) बमोजिम थप सजाय समेत हुन मागदावी लिईएको छ ।