site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपीएल खेलेर सन्दीप लामिछाने स्वदेश फिर्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागी भएर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । सन्दीप मंगलबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप जेट एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । आईपीएलको यो सिजन दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप गत मार्च २७ मा भारत गएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दिल्लीको टोलीबाट सुरुवाती खेल खेल्न नपाएको सन्दीपले अन्तिम ३ खेल खेलेका थिए । तर, लेग स्पिनर सन्दीपले खेलेका तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए । रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको डेब्यु खेलमा प्रभावकारी प्रदर्शन गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर सन्दीपले १ विकेट लिएका थिए ।

त्यस्तै, चेन्नई सुपर किंग्सविरुद्धको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए । अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका थिए ।

Global Ime bank

आईपीएलको अक्सनबाट २० लाख भारुमा दिल्लीमा आबद्द भएका सन्दीपलाई दिल्लीले प्ले अफमा पुग्न असफल भएपछि मौका दिएको थियो । दिल्ली यो सिजन समूह चरणको खेलमा पुछारमा रहदै प्ले अफ पुग्न सफल भएको थियो ।

१७ बर्षीय सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन् । सन्दीपले आगामी सिजन पनि दिल्लीबाट खेल्न सक्ने बताईएको छ ।


फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC