site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपीएलमार्फत नेपाललाई चिनाउन पाएँ, खुसी छु : सन्दीप 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मार्फत नेपाललाई चिनाउन पाएकोमा आफू खुसी भएको बताएका छन् ।

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागी भएर सन्दीप लामिछाने स्वदेश फर्किएका हुन् ।  आईपीएलको यो सिजनमा उनी दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए । त्यसका लागि सन्दीप गत मार्च २७ मा भारत गएका थिए ।
दिल्लीको टोलीबाट सुरुवाती खेल खेल्न नपाएका सन्दीपले अन्तिम ३ खेल खेलेका थिए । तर, लेग स्पिनर सन्दीपले खेलेका तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए । रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको डेब्यु खेलमा प्रभावकारी प्रदर्शन गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर सन्दीपले १ विकेट लिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, चेन्नई सुपर किंग्सविरुद्धको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए । अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका थिए ।
उनले आफ्नो आईपीएल यात्रा अविस्मरणीय भएको पनि बताए । त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले आईपीएलमा धेरै कुरा सिक्न पाएको बताए ।

“आईपीएलमार्फत नेपाललाइ चिनाउने राम्रो मौका पाएँ,” उनले भने, “आगामी दिनमा अन्य नेपाली खेलाडी पनि आईपीएलमा देख्न पाउँ ।”

Global Ime bank

उनले आफूले पहिलो खेलमा राम्रो प्रदर्शन गर्न पाएकै कारण बाँकी दुई खेलमा पनि मौका पाएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC