राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दल बैठकले संसदीय दलको विधान १५ दिनभित्र अन्तिम रुप दिन सांसदहरु भीम रावल, देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रामनारायण बिडारी र रेखा शर्मा रहेको कार्यदल गठन गरेको छ । सोही विधानअनुसार संसदीय दलका पदाधिकारी चयन हुने नेकपाका नेता खगराज अधिकारीले जानकारी दिए । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी ओली तथा संसदीय दलका नेता ओलीले सांसदहरुलाई विभिन्न निर्देशन दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५ १७:३५
प्रतिक्रिया दिनुहोस्