site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संसदमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भइसक्दा सेयर बजारको आश भने पुरानै आश राखेको छ । उचित नीतिगत व्यवस्था र संरचनागत समस्याका बीचमा सेयर बजार कमजोर अवस्थामा रहेको बेलामा आउने बजेटले आफ्ना पुरानै माग पुरा गर्ने आशमा सेयर बजार रहेको हो ।
सरकारमा अर्थमन्त्रकिा रुपमा विज्ञ व्यक्तित्व आएसँगै उनका सार्वजनिक अभिव्यक्तिले तर्सिएको सेयर बजार उनै अर्थमन्त्रीसँग बजार सुधारलाई टेवा दिने नीति बजेटमा आउने आश गर्छन् । विषेशगरी केही वर्षअघिदेखि उठेको भ्याटको विवाद र पुँजगित लाभकर विषयमा बजेटमा सम्बोधन हुने आश गरिएको हो ।
नेपाल इन्भेस्टर्स फोरमका महासचिव राजन लम्साल पनि बजेटले भ्याट र पुँजीगत लाभकर विषय लगानीकर्ताको हितमा नीति समेट्ने आशा गर्छन् । सेयर कारोबारवापत् ब्रोकरलाई लिर्नुपर्ने कमिसनमा भ्याट लगाउने कुरा पछिल्लो वर्षदेखि चर्किएको अवस्थामा लगानीकर्ताले यस्तो अपेक्षा राखेको उनले बताए ।
बाह्रखरीसँग कुरा गर्दै उनले भने – “धेरै अपेक्षा त छैन । तर, अर्थमन्त्रीसँगको पटकपटकको भेटपछि हाम्रो माग सम्बोधन हुनेमा हामी विश्वस्त छौं ।”
यसअघि महालेखा परिक्षाको कार्यालयले अघिल्लो वर्ष सेयर वर्ष ब्रोकर कमिसनमा भ्याट नलगाइएको भन्दै अर्थ मन्त्रालयलाई बुरुजु लेखेको थियो । त्यसपछि  आन्तरिक राजस्व कार्यालयले २ ब्रोकर कम्पनीलाई भ्याटमा दर्ता हुन आगह गरेपछि सेयर कारोबार बन्द हुनेगरी नै विवाद सिर्जना भएको थियो ।
यता, सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमले पुँजी बजारलाई सम्बोधन गर्न सफल भएको लम्साल बताउँछन् । पुँजीबजारलाई गतिशील बजार भनिएकोमा खुसी व्यक्त गर्दै उनले भने – “नीति तथा कायक्रममा समबोधन गरिनुले बजेटमा पनि विस्तृत रुपमा सम्बोधन हुने विश्वास पलाएको हो ।”
तर, लम्सालले भने झैं सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सेयर लगानीकर्ता उत्साहित देखिएनन् । यसका साथै कम्युनिस्ट सरकारसँग स्वभाविक रुपमा लगानीकर्ता डराएको जानकारहरुको दावी छ ।
सोमबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपनि सोमबार २ अंकले घटेको सेयर बजार मंगलबार ४.३१ अंकले घटेको हो । नेप्से घट्दा मंगलबार कारोबार रकम भने बढेको छ । यसदिन बजारमा १६० कम्पनीको १० लाख ५८ हजार कित्ता सेयर ५३ करोड ८३ लाख ७४ हजार १ सय ८४ रुपैयाँमा किनबेच भए ।
जसमध्ये नेपाल इन्भष्टमेन्ट बैंकको संस्थापक सेयरको मात्रै २२ करोड २५ लाख रुपैयाँको सेयर किनबेच भएका छन् । यही कारोबारले मंगलबारको कारोबार रकम बढाएको हो । 
मंगलबार सुर्योदय लघुवित्तका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाउँदा सेन्ट्रल फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ६.२५ प्रतिशतले ओरालो लागेको छ । यसदिन कारोबारमा आएका ९ मध्ये ६ समूहकोसमूहगत परिसूचकमा गिरावट आए भने ट्रेडिङ समूहको कुनै कारोबार भएन ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC