काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि सनराइजर्स हैदरावाद र चेन्नाई सुपर किंग्सबीच आज साँझ प्रतिस्पर्धा हुदैछ । फाइनल प्रवेशको लागि पहिलो क्वालिफायरमा यी दुई टिम खेल्न लागेका हुन् ।
मुम्बईस्थित वाङखडे रंगशालामा नेपाली समयअनुसार ७ बजेर १५ मिनेटमा सुरु हुने खेल दुबै टिमको लागि निकै महत्वपूर्ण रहेको छ । भारतीय पूर्व कप्तानको नेतृत्वमा रहेको चेन्नाई जितको खोजिमा हुनेछ । यता, केन विलियम्सनको कप्तानीमा रहेको हैदरावाद चेन्नाईलाई पराजित गर्दै फाइनल पुग्ने रणनीतिमा छ । हैदरावाद आईपीएलको शीर्ष स्थानमा रहेको थियो । हैदरावादको १४ खेलबाट ९ खेलमा जित र ५ खेलमा हारसहिात १८ अंकको साथमा शीर्ष स्थान ओगटेको थियो । यता, चेन्नाई हैदरावादसँग समान अंक भएपनि नेटरनरेटको आधारमा पछि पर्दै दोस्रो स्थानमा रहेको थियो ।
इलिमिनेटरअन्तर्गत राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीचको खेल बुधबार राति हुनेछ ।