site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
झापामा थिएटर चम्किँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

झापा । काठमाडौं उपत्यकामा मात्र सीमित रहेको मानिने थिएटरको प्रदर्शन यतिखेर उपत्यका बाहिर पनि बढ्न थालेको छ । पूर्वी नेपालको झापामा मात्र एक वर्षमा दर्जनभन्दा बढी थिएटर नाटक मञ्चन भइसकेको छ ।    
यो मध्ये नेपालमा ख्याती कमाइसकेको “लाटीको छोरो” बिर्तामोडमा एक हप्ता मञ्चन हुँदा दर्शकहरुको भिडका कारण थिएटर हेर्नेहरुको चासो बढ्न थालेको नाटकका परिकल्पनाकार प्रकाश दाहालले बताए । “नाटक लाटीको छोरो १९ पटकसम्म मञ्चन हँुदा दर्शकहरु थामि नसक्नु थियो,” उनले भने, “झापाका दर्शकहरुमा थिएटर नाटकको आकर्षण राम्रो छ ।”  
उनीमात्र होइन, पूर्वको थिएटरमा राम्रो नाम कमाइसकेको क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पीत समेतका कलाकारहरुले भर्खरै थिएटर नाटक “पर्खाल” मञ्चन गरिसकेका छन् । उनले पनि पूर्वी नेपालमा नाटकप्रति दर्शकको आकर्षण बढ्दो रहेको बताए । बाह्रखरीसँग कुरा गर्दै उनले भने, “नाटक पर्खाल २१ पटक मञ्चन गर्दा १२ हजार भन्दा बढी दर्शकहरुको भिड हामीले पायांै,” क्षितिज नाट्य समूहले पर्खाल, इजलासको फौसला, चिताबाट प्रश्न जस्ता राष्ट्रस्तरका साथै दर्जन भन्दा बढी थिएटर मञ्चन गरिसकेको छ । 
त्यस्तै पूर्वी नेपालको काँकरभिट्टामा रहेर नाटक, सडक नाटक र थिएटर नाटक मञ्चनमा राम्रो ख्याति कमाइसकेकी परिवर्तत थ्रीएटर झापाकी अध्यक्ष कबिता नेपालको टोलीले पनि भर्खरै मात्र “राजाको नयाँ लुगा” नाटक मञ्चन गरिसकेका छन् । कविताका अनुसार फिल्म हलका ठूलो पर्दामा मात्र सीमित भएका दर्शकहरु थिएटरको चासो पूर्वमा समेत बढेकाले थिएटरको राम्रो बजार बढ्न हुनसक्छ । उनले भनिन्, “पूर्वमा नाटकले राम्रो बजार लिन थालेको छ  परिवर्तन थीएटर झापाले गत वर्ष आधा दर्जन भन्दा बढी नाटक मञ्चन गरेको थियो ।” 

झापामा जिउँदो आकाश मञ्चन
तेस्रो लिङ्गीको भावनामा आधारित थिएटर नाटक “जिउँदो आकाश” पूर्वी नेपालको झापामा मञ्चन हुने भएको छ । झापामा नाटक “लाटीको छोरो”को सफलतापछि दोस्रो पटक आर्ट स्टुडियो टिमले झापाको दमक र बिर्तामोडमा नाटक मञ्चन गर्न लागेको हो ।
समाजमा यौनिक अल्पसंख्यक (तेस्रो लिङ्गी) मानिसहरुले व्यहोर्नुपरेका समस्याहरुलाई प्रस्तुत गरी तेस्रो लिङ्गीलाई समुदायले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन यो नाटकले भुमिका खेल्ने नाटकका संयोजक समेत रहेका प्रकाश दाहालले बताए ।
भारतको आठौँ अन्तर्राष्ट्रिय फेस्टिभलमा (थिएटर ओलम्पिक २०१८) नाटक ‘जिउँदो आकाश’ छानिएर फागुन २८ गते गुहाटी र ३० गते दिल्लीमा मञ्चन भइसकेको साथै नेपालको उपत्यका भित्र र बाहिर बिभिन्न थिएटरमा ५१ पटक भन्दा बढी मञ्चन भइसकेको दाहालले जानकारी दिए ।
चन्द्रप्रसाद पाण्डेको लेखन तथा आरके मेहेता रोशनको निर्देशन रहेको नाटक “जिउँदो आकाश”मा रङ्गकर्मी अनिल सुब्बाको एकल अभिनय हेर्न पाइनेछ । एक घण्टा लामो यो नाटकमा अनिलले तेस्रोलिङ्गीका समस्या र भावनालाई प्रस्तुत गर्ने छन् ।
साइलेन्ट एक्टको निर्माणमा बनेको नाटक आगामी जेठ ११ गतेदेखि १३ गतेसम्म दमकको गोर्खा डिपार्टमेन्टको हलमा र जेठ १८ देखि २३ गतेसम्म बिर्तामोडको अतिथि सदनमा मञ्चन गरिनेछ । 
दमकमा चुलाचुली थिएटरको आयोजना र बिर्तामोडमा वीरता जेसीज बिर्तामोड र बिर्तामोड उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा नाटक मञ्चन हुने लगानी कर्ता निमेश शिवाकोटी जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ०४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC