site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कूटनीतिक सम्बन्ध ठीक ठाउँमा ल्याउन अष्ट्रेलियाले रङ्गीन चस्मा फुकाल्नैपर्ने चीनको सुझाव 
Sarbottam CementSarbottam Cement

एजेन्सी । अर्जेन्टिनाको एक अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्री वाङ यीले अष्ट्रेलियालाई रङ्गीन चस्मा फुकालेपछि मात्र सम्बन्ध कायम राख्न सकिने सुझाव दिएका छन् । चीन अष्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएपनि पछिल्लो समय राजनीतिक हस्तक्षेपको आरोपमा प्रधानमन्त्री मेल्कम टर्नबिलको सरकारले विदेशी लगानीलाई सीमित गराएपछि बेइजिङले उनको सो निर्णयलाई ‘चीन विरुद्धको नीति’ का रुपमा लिएको थियो ।

संचार एजेन्सी रोयटर्सका अनुसार यसै घटनापछि चीनले अष्ट्रेलियासँगको व्यापार न्युन बनाउँदै गएको खबर बाहिर आएको हो । उता चीनमै निर्भर अष्ट्रेलियन निर्यातकर्ताहरुमा भने यसको गम्भीर प्रभाव परेकाले उनीहरु चिन्तामा रहेको बताइएको छ । यसैबीच सोमबारको सम्मेलनमा अष्ट्रेलियाका विदेश मन्त्री जुली बाइसपसँग भेटेपछि वाङले दुई देशबीचको सहकारिता र सम्पर्कमा धेरै अवरोध आइरहेको बयान दिएका हुन् । वाङले भने, ‘यदि अष्ट्रेलिया द्विपक्षीय व्यापार र कूटनीतिक सम्बन्ध जारी राख्न चाहन्छ भने उसले आफ्नो परम्परागत सोचाइलाई त्याग गरि आफूले लगाएको रङ्गीन चस्मा पनि फुकाल्नु पर्ने हुन्छ ।’

Prabhu Bank
Agni Group
NIC Asia

यस बयानपछि वाङले अष्ट्रेलियाको सरकार र मन्त्री जुलीबाट सकारात्मक नतिजाको अपेक्षा गरिरहेको बताएका हुन् । चीनसँगको तनाव हल्का पार्नकै लागि गत हप्ता अष्ट्रेलियाका व्यापार मन्त्री स्टिभन कोइबो १ खर्ब भन्दा बढीको व्यापरिक प्रस्ताव लिइ साङ्घाइ पुगेका थिए ।

तर उनको भ्रमणप्रति चिनियाँ पक्षले सोचेजस्तो चासो नदेखाएको बताइएको थियो । उता सोमबारको भेटपछि वाङ र जुलीबीच भएको गम्भीर वार्ताले कुनै ठोस नतिजा ल्याउन सक्ने पनि बताइएको छ । चिनियाँ हस्तक्षेपबारे अन्तराष्ट्रिय समुदायमा फैलिएको गलत हल्लाका कारण दुई देशको सम्बन्धमा बाधा पुगिरहेको भन्दै प्रधानमन्त्री टर्नबिलले पनि यसअघि वर्षको अन्त्यमा चीन भ्रमणमा जाने वचन दिएका थिए । चीनले पनि धेरैपटक आफूहरुले अन्य देशको आन्तरिक राजनीतिमा कुनैपनि किसिमले हस्तक्षेप नगरेको प्रस्ट पार्दै आएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ०६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC