site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपीएलको दोस्रो क्वालिफायरमा कोलकत्ता र हैदरावाद प्रतिष्पर्धा गर्ने
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति भएको इलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले हराउदै कोलकत्ताले क्वालिफायरमा स्थान बनाएको हो ।

कोलकत्तास्थित इडेन गार्डेन स्टेडियमा घरेलु टोलीले दिएको १७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा ४ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । राजस्थानका संजु सामसनले ५० रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै राजस्थानमा कप्तान अजिंका रहानेले ४६ र राहुल त्रिपाठीले २० रन जोडे । कोलकत्ताका पियुस चावलाले २ विकेट लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६९ रन जोडेको थियो । कोलकत्ताको लागि कप्तान दिनेश कार्तिकले ५२ रनको अर्धशतकीय पारी खेल्दा आन्द्रे रुसेल अविजित ४९ रन जोडे । यस्तै सुभमान गीलले २८ तथा क्रिस लिनले १८ रन बनाए । राजस्थानका क्रिश्नप्पा गोथाम, जोफ्रा आर्चर र बेन लुघलिनले समान २ – २ विकेट लिए ।

यो जितसँगै कोलकत्ताले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादसँगको भेट पक्का गरेको छ । राजस्थान भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग २ विकेटले पराजित भएपनि हैदरावादले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाएको हो ।

Global Ime bank

अब कोलकत्ता र हैदरावादबीच हुने दोस्रो क्वालिफायरको विजेताले फाइनलमा स्थान बनाउने छन् । उक्त विजेताले फाइनलमा चेन्नईसँग खेल्ने छ । चेन्नई पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनल पुगिसकेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC