site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
समृद्धि र सुख : कागजमा कि कार्यान्वयनमा ?

आर्थिक वर्ष २०७५र२०७६ को नीति तथा कार्यक्रममा सरकारको मूल लक्ष्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ रहेको उल्लेख छ । विगतका नीति र कार्यक्रम भन्दा फरक भएको दाबी गरिए पनि कतिपयले पुरानै सामग्री र निबन्धजस्तो भनेका छन् । नयाँ संविधान लागु भएपछि भएको नयाँ संघीय संरचना, नयाँ चुनाव र नयाँ सरकार सबैतिर नयाँ शब्दावली जोडिएकोले यसलाई नयाँ मान्नुपर्ने पनि होला । अन्यथा। पुरानै परिपाटी, पुरानै सोच, पुरानै व्यक्तिमा जिम्मेवारी र दायित्व गएको छ । राजनीतिमा नयाँ सोचको व्यक्ति नआईकन नयाँ संरचना र नयाँ नीतिको तर्जुमा तथा कार्यान्वयन हुन सक्तैन ।

समृद्धि र सुखका लागि सामाजिक न्याय, लोकतन्त्र, सम्मान र सुरक्षा, समान अधिकार र अवसर तथा सुशासन सरकारको प्राथमिकतामा रहेको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसका साथै उच्च आर्थिक वृद्धि दर हासिल गर्ने, सन्तुलित र सुदृढ अर्थतन्त्र निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ कार्यान्वयनमा लाग्ने प्रतिबद्धता पनि नीति तथा कार्यक्रममा व्यक्त भएको छ । पाँच वर्षभित्र दोहोरो अंककोे नजिक र त्यसपछि दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने, अर्थतन्त्रको संरचना परिवर्तन गरी औद्योगिक तथा सेवा क्षेत्रको योगदान बढाउने, प्रतिव्यक्ति आय बढाउने, मुलुकको स्तरोन्नति गर्ने, दिगो विकास लक्ष्यलाई निर्धारित समयभन्दा अघि नै हासिल गर्ने, उत्पादकत्व वृद्धि गर्ने, पाँच वर्षमा पाँच हजार र दस वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, राजमार्ग, रेलमार्ग र जलमार्गको विकास र विस्तार गर्ने, पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्नेलगायतका  नीति तथा कार्यक्रममा तय गरिएकाले लगभग सबै विषय कागजमा परेका छन् ।

Agni Group

तर, सुख र समृद्धिका लागि आर्थिक विकासमात्र आवश्यक छ या आन्तरिक विकास पनि जरुरी हुन्छ ? प्राथमिकतामा नागरिकको आत्मविकास र आन्तरिक विकासलाई किन जरुरी ठानिएन ? आर्थिकरूपमा सम्पन्न नभएको कारणले मात्र नेपाली र नेपाल राष्ट्रको आर्थिक संरचना र अपेक्षित विकास नभएको हो त ? दिगो विकासको लागि प्रतिव्यक्ति आम्दानीमा वृद्धि र बाहिरी स्तरोन्नतिले मात्र पुग्ला त ? भ्रष्टाचार, बलात्कार, अराजकता, अनैतिकताजस्ता अमानवीय संस्कार र घटना बढ्दै जानुको पछि आर्थिक सम्पन्नताभन्दा व्यक्तिको सोच र चेतनाको स्तर नै हो भन्ने कहिले बुझ्ने ? आर्थिकरूपमा समृद्ध व्यक्ति पनि समाजमा निच सोच र अनैतिक कार्यमा संलग्न भएका पाइनछन् । अहिलेको ३३ किलो सुन काण्ड होस् या इतिहासदेखिका राष्ट्रिय अपराध तिनको पछाडि आर्थिक प्रसङ्ग आउँछ कि व्यक्तिको चेतनाको स्तर र सकारात्मक शिक्षा ? अपराध र सूचना लुकाउने, आफ्ना व्यक्ति बचाउने र सर्वसाधारणले व्यर्थमा ज्यानै गुमाउनुपर्ने कारणलाई यो नीति तथा कार्यक्रमले के भन्छ ? विकासका काममा निर्णयकर्ताका आफ्नै मान्छेले ठेक्कापट्टा पाउने र काम पूरा नगरी भाग्ने गरेका उदाहरण वर्षौंदेखि संस्कार बनेको छ । यसलाई यो नीति तथा कार्यक्रमले कसरी ठीक पार्छ ? यसभन्दा अगाडि पनि सुनिराखिएका वाक्य ( भ्रष्टाचारप्रति कठोर नीति लिने र सिन्डिकेट, कार्टे्िलङ मिलेमतोलाई निरुत्साहित गर्ने, सरकारी सेवा प्रवाहमा सूचनाप्रविधिको प्रयोग गरिने भन्ने दोहोरिए पनि जनताले विश्वास गर्ने आधार के छ ? निर्धक्क पत्याउने आधार भेटेका छैनन् सर्वसाधारणले ।

जिम्मेवार पक्षले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न सकेको अवस्थामा मात्र जनताले प्रतिफल भोग्नेछन् र सुखको महसुस गर्नेछन् । वरपरको वातावरण र खुलेआम आफ्नो निजतामा बाँच्न सकेको दिन जनताले भित्री सुख भेट्नेछन् । व्यक्तिलाई सुरक्षा कोबाट चाहिन्छ ? समाजका तिनै अनैतिक व्यक्तिले नै साधारण व्यक्तिलाई दुःख, कष्ट पु¥याउने कारणले गर्दा सुरक्षाको प्रश्न उठ्ने गर्छ । जनावरको बथानमा कुनै जनावर एक अर्कासँग असुरक्षित छैन । प्रकृतिमा कुनै सृजना आफ्नै नजिकको सम्पदाबाट पीडित छैन । हाम्रो समाजमा मानिसमात्र किन मानिसबाटै असुरक्षित छ ? माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गराउने नीतिले मात्र समाज नैतिक र सुशासनयुक्त बन्ने देखिँदैन । मानिसको भित्री चेतना जगाउने र प्रेमपूर्ण समाजको सृजना गर्ने जिम्मेवारी कसको ? सुखी बन्न शारीरिक स्वास्थ्यको साथै मानसिक स्वास्थ्य, शान्ति, भक्ति र प्रीति पनि आवश्यक छन् । असल संस्कार, उदारता, प्रेम, करुणाविनाको समृद्धिले के अर्थ राख्ला ? 

Global Ime bank

मस्तिले भरिएको, संगीतले गुन्जिएको, उत्सवले झाँगिएको आनन्दपूर्ण जीवन जिउने कला जान्नु र सिक्नु पर्दैन ? कविरले भनेजस्तै “कस्तूरी कुण्डल बसै, मृग ढूडे वन माही । “ ( कस्तूरीले आफैँसँग भएको बास्ना थाहा नपाएर बास्ना पत्तालगाउन वन वन भागे झैँ हाम्रो सरकारको र जिम्मेवार पक्षको हालत उस्तै छ । आफूभित्रको सम्पदाको ख्याल छैन भित्र रहेको सुख, शान्ति र समृद्धिको ख्याल छैन । नीति नियममा सुख, शान्ति र विकास लेख्ने गर्छन् । त्यसको पनि समयमा कार्यान्वयन हुँदैन अनि हात लाग्यो शून्य हुन पुग्छ । सबैलाई लाग्छ किन सोचेअनुरुप र घोषित विकास कार्यक्रम सम्पन्न हुँदैनन् ? किन कामहरु अधुरा रहन्छन् ? किन अपेक्षित सफलता हासिल गर्न सकिन्न आदि आदि । मुखले भ्रष्टाचार र अनियमितताको कारणले राष्ट्र पछाडि परेको छ भन्नेको कमी छैन तर  त्यसलाई कसरी समाधान गर्ने भनेर उपाय खोज्नेहरु भेटिँदैनन् । पारदर्शिता र इमान्दारीले मात्र भ्रष्टाचार अन्त्य हुन्छ भन्ने शिक्षाको अझै जरुरी छ । हरेक क्षेत्रमा, हरेक तह र समूहमा व्यवस्थापनबाट कुनै पनि कार्यक्रम र आयोजनाको अनुगमन तथा मूल्यांकन  हुने गर्दैन  ।

शरीर, मन, आत्मा र पर्यावरणबीचमा सद्भाव रहेमा नै सुख, सन्तुलन र समृद्धि हुन्छ । भावदशा र मनका वृत्तिहरुबाट निस्पृह नभईकन मानिसले कसरी अरुको सुखलाई महत्त्व दिन सक्छ ? जीवनशैली, संस्कार, चालचलन, ध्यान एवं व्यक्तिको मनोविज्ञानबाट मात्र सुख र समृद्धि आउँछ । आन्तरिक सुख र समृद्धिले मात्र नीतिनियममा रहन प्रेरणा दिन्छ । अन्यथा नीतिनियमरुपी कागजको खोस्टोबाट समृद्धिको अपेक्षा नगरे पनि हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC