site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनाका पूर्व मिडफिल्डर इनिएष्टाले जापानको शीर्ष लिग खेल्ने 
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका पुर्व मिडफिल्डर आन्द्रेस इनिएष्टाले जापानको शीर्ष डिभिजनको क्लबबाट व्यवसायिक लिग खेल्ने भएका छन् । इनिएष्टाले शीर्ष डिभिजनको जे लिग क्लब भिसेल कोवीबाट व्यवसायिक फुटबल खेल्न लागेका हुन् ।

बार्सिलोनाका लिजेण्ड इनिएष्टा भिसेल कोवीसँग सम्झौता गर्न जापान प्रस्थान गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । इनिएष्टाले अफिसियल सोसियल साइड पेज इन्स्टाग्राममा प्राइभेट जेट विमानमा बसेको तस्विर राख्दै नयाँ घर प्रस्थान गरेको लेखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

इनिएष्टाले राखेको तस्विरमा बार्सिलोनाको प्रायोजक राकुटेन कम्पनीका सीईओ हिरोशी मिकितानीसमेत रहेका छन् । राकुटेन कम्पनि भिसेल क्लबको मालिक समेत हो ।  इनिएष्टा र भिसेलले बिहिबार सम्झौता पत्रमा हस्ताक्षर गर्ने बताईएको छ ।

भिसेलमा आबद्द भए ३४ बर्षीय इनिएष्टाले आर्सनल तथा जर्मनीका पुर्व फरवार्ड लुकास पोडोलस्कीसँगै खेल्ने छन् । जे लिगको १५ खेल सकिदा यो सिजन भिसेल छैटौं स्थानमा रहेको छ । गत सिजन भिसेल नवौं स्थानमा रहेको थियो ।

Global Ime bank

विश्वकप बिजेता इनिएष्टाले बार्सिलोनालाई यो सिजन ला लिगा च्याम्पियन बनाएर क्लब छाडेका थिए । गत आइतबार रियल सोसिडाडविरुद्ध मैदान उत्रदै उनले बार्सिलोनाबाट अन्तिम खेल खेलेका थिए । बार्सिलोनाको युथ र सिनियर टोली गरी २२ बर्ष बिताएका इनिएष्टाले बार्सिलोनाबाट २२ मुख्य उपाधि जितेका छन् ।

इनिएष्टाले बार्सिलोनाको सिनियर टोलीमा भने १६ बर्ष बिताए । बार्सिलोनाबाट इनिएष्टाले ९ पटक ला लिगा, ४ पटक च्याम्पियन्स लिग, ६ पटक कोपा डेल रे र ३ पटक क्लब विश्वकपको उपाधि जितेका छन् । आगामी रुसमा हुने विश्वकपको लागि स्पेनिस टोलीमा रहेका इनिएष्टाले स्पेनबाट सन् २०१० मा विश्वकप जितेका थिए । उक्त विश्वकपको फाइनलमा इनिएष्टाले नै निर्णायक एक गोल गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC