site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वायर्नका पूर्व प्रशिक्षक एन्सिलोटी नापोलीको प्रशिक्षकमा नियुक्त
Sarbottam CementSarbottam Cement

एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखका पुर्व प्रशिक्षक कार्लोस एन्सिलोटी इटालियन क्लब नापोलीको प्रशिक्षकमा नियुक्त भएका छन्  । इटालियन सिरी ए क्लब नापोलीले बुधबार एन्सिलोटीलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

स्पेनिस क्लब रियल मड्रिड र इन्ग्लिश क्लब चेल्सीका पुर्व प्रशिक्षक समेत रहेका एन्सिलोटीले नापोलीसँग ३ बर्षे सम्झौता गरेका छन् । नापोलीले एन्सिलोटीलाई माउरीसियो सर्रीको स्थानमा प्रशिक्षक नियुक्त गरेको हो । सम्झौतासँगै एन्सिलोटी सन् २०२१ सम्म नापोलीका प्रशिक्षक रहने छन् । सिरी ए फुटबलमा नापोली यो सिजन दोस्रो स्थानमा रहेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

इटालियन ५८ बर्षिय प्रशिक्षक एन्सिलोटी गत सिजनको सेप्टेम्बरमा वायर्नबाट बर्खास्तमा परेका थिए । त्यसअघि उनले रियल मड्रिड, पेरिस सेन्ट जर्मेन (पिएसजी), चेल्सी, एसी मिलान र युभेन्टसको प्रशिक्षक जिम्मेवारी सम्हालिसकेका थिए ।

एन्सिलोटीले आफ्नो प्रशिक्षक करियरमा ३ पटक च्याम्पियन्स लिग जितेका छन् । उनले एसी मिलानबाट दुई पटक र रियल मड्रिडबाट एक पटक च्याम्पियन्स लिग उपाधि जितेका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC