site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

दाङ  (रासस) । सुन्दा अचम्म लाग्न सक्छ,  कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जुँगा पालेर नै मासिकरुपमा पैसा कमाउँदै आएका छन् ।

घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आएका छन् ।

दाङको घोराहीमा रहेको वेस्टर्न डेलभपमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई तुलसीपुर निवासी पूर्ण भण्डारीले मासिक रु २५० प्रदान गर्दै आएका छन् ।

Agni Group

“म पेशाले निर्माण व्यवसायी हुँ, कामको सिलसिलामा बैंकमा आइरहँदा कालीबहादुरले पालेको जुंगा देख्दा मलाई रमाइलो लाग्थ्यो”, भण्डारीले भने । नागबेली आकारको उनको काला जुंगा  देखेपछि मैले खुशीले उनलाई प्रोत्साहनस्वरुप पैसा दिने निर्णय गरेको हुँ ।” 
२०६२ सालदेखि आफूले नियमित रुपमा जुंगा पालेबापत रकम प्राप्त गर्दै आएको बुढाथोकीले बताए ।

“शुरुमा उहाँले रु ५० बाट शुरु गर्नु भएको हो, अहिले रु २५० मासिक उपलब्ध गराउँदै आउनुभएको छ,” बुढाथोकीले भने । 

Global Ime bank

जुंगालाई मन पराइदिएर पैसा दिँदा आफूलाई पनि खुशी लागेको समेत उनले बताए । जुंगा पालेर प्राप्त गरेको पैसा जुंगा संरक्षणमा नै खर्च गर्ने गरेको समेत उनले बताए ।

बुढाथोकी अवकाशप्राप्त नेपाली सैनिक हुन् । उनले नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा कार्यरत रहँदा २०५७ सालतिर पनि मासिक रु १०० जुंगाको तलब खाने गरेको बताए । “म नेपाली सेनामा हवल्दार हुँदा मलाई मेरो गुल्मका क्याप्टेन समिर रानाले पनि मासिक रु १०० जुंगा पालेबापत पैसा दिँदै आउनुभएको थियो,” उनले भने ।

अहिले बैंकको सुरक्षा गार्डका रुपमा रहेका बुढाथोकीलाई निर्माण व्यवसायी भण्डारीले आफू बाँच्दासम्म प्रत्येक वर्ष थोरै भएपनि वृद्धि गर्दै जुंगाको लागि पैसा दिइरहने बताए ।

भण्डारीले बुधबार बुढाथोकीलाई बैंकमा नै भेटेर एकमुष्ट रु पाँच हजार प्रदान गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC