site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गोरेका बुबाले भने– गलत काम नगर भनेर एक वर्षअघि नै गोरे र सनमलाई कुटेको थिएँ
Ghorahi CementGhorahi Cement

काठमाडौं । चूडामणि उप्रेती ‘गोरे’का बुबा नेत्रप्रसाद उप्रेतीले मोरङ अदालतमा छोरासँग भेट गरेका छन् । साढे ३३ किलो सुन प्रकरणसँग जोडिएर सनम शाक्यको हत्या भएको खबरसँगै गोरेका बुबा र आमाले मोरङ उर्लाबारीको घर छाडेका थिए । त्यसपछि उनीहरु कहाँ बसे भन्ने जानकारीमा थिएन ।

निकै भावुक मुद्रामा मोरङ अदालत पुगेका बुबा नेत्रप्रसाद उप्रेतीले बन्द इजलाशको ‘ब्रेक टाइम’ मा छोरा गोरेलाई भेटेका हुन् । भेटअघि बाह्रखरीसँग कुरा गर्दै नेत्रप्रसाद उप्रेतीले भने, “पटक–पटक मैले छोरोलाई के गर्छस् भनेर सोध्दा कहिल्यै बताएन, सबै राम्रो काम हो भन्थ्यो । एक वर्षअघि सनम र गोरेलाई मैले घरमा आएको बेला लौरोले पनि कुटेको थिएँ, तिमीहरुले के काम गरिरहेका छौ ? मैले नराम्रो सुनिरहेको छु भनेर ।” 

Agni Group

उनले अहिलेको घटनाले आफूलाई असह्य पीडा भएको बताउँदै भने, “‘जे सोचेको थिइन, त्यही भयो । मन थामेर बसेको छु, मुटु दह्रो पारेको छु ।”

नेत्रप्रसादले आफूले दुई महिनापछि छोरालाई भेट्न लागेको बताए । गोरे प्रायः बुबाको मुख हेर्ने दिन मात्र आफूलाई भेट्न आउने गरेको र अन्य बेला कम आउने गरेको उनले बताए । छोराले गलत गरेको भए कानुनअनुसार कारबाही गर्नुपर्ने बुबाको धारणा थियो । 

Global Ime bank

उनले सुनकाण्डमै पक्राउ परेका पूर्व डिआइजी गोविन्द निरौला र आफू सँगै पढेको साथी भएको पनि बताए । मोरङ अदालतमा बुधबारदेखि गोरेको बयान चलिरहेको छ । गोरेलाई साढे ३३ किलो सुन र अन्य तस्करीसँगै सनम हत्याको मुख्य अभियुक्त बनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC