site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रामपुर, रासस । पर्यटकीय क्षेत्रको विकास गरी आम्दानीको स्रोत वृद्धि गर्न पूर्वखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको खोजी गरी पर्यटन व्यवसाय प्रवद्र्धन अभियान शुरु गरेको छ । 

गाउँपालिकाले वडा नंं १ देखि ६ सम्मका पर्यटकीय स्थलको पहिचान गरी पूर्वाधार विकास गर्दै सिङ्गो गाउँपालिकालाई पर्यटकीय गाउँपालिका बनाउन अध्ययन अवलोकन शुरु गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सदरमुकाम तानसेनबाट ३५ किलोमिटर पूर्वमा रहेको पूर्वखोला गाउँपालिकालाई जिल्लाकै नमूना पर्यटकीय गाउँपालिका बनाउन वडा तहबाट पर्यटकीय स्थलको पहिचान गर्न थालिएको छ । पूर्वखोला गाउँपालिका–२ जल्पा पर्यटकीय सम्भावनमा बोकेको स्थान हो । थुप्रै पर्यटकीय स्थल हुँदाहुँदै पनि तिनीहरुको संवद्र्धन र प्रचार प्रसारको कमीको कारण ओझेलमा पर्दै आएका छन् । 

स्थानीय तहमा जनप्रतिनिधि आएपछि ओझेलमा परेका पर्यटकीय स्थलको खोजी गरी संरक्षणका लागि अभियान सञ्चालन गरिएको हो । जल्पा क्षेत्रका विभिन्न पर्यटकीय स्थलको पहिचान भएपछि पूर्वखोला गाउँपालिका–२ जल्पाले ग्रामीण स्तरमा ‘पर्यटन विकास र सम्भावना’ विषयक कार्यक्रम गरी प्रचार प्रसार अभियान थालेको छ । 

Global Ime bank

गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले पूर्वखोला गाउँपालिकाको सांस्कृतिक, धार्मिक र प्राकृतिक रुपमा विकास गर्न सके आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । यस क्षेत्रमा मगर समुदायको बस्ती धेरै भएकाले उनीहरुको संस्कृति, वेशभूषा, खानपान लगायतका कुरालाई उजागर गरी पर्यटनबाट आर्थिक विकास गर्ने, ब्राह्मण समुदायमा भएको बालानाच र रोइला गीतलाई प्रवद्र्धन गर्दै आगामी वर्ष थप योजनाका साथ काम गर्ने उनको भनाइ छ ।

जल्पाको मगर संस्कृतिअन्तर्गत मारुनी, कौरानाच र घाटुनाच जोगाउँदै यस क्षेत्रमा होमस्टे सञ्चालनका लागि वडा तहबाट योजना बनाई काम गर्ने वडा नंं २ का वडाध्यक्ष निरबहादुर सारु बताउँछन् । 
जल्पामा धार्मिक र ऐतिहासिक महत्वका ठाउँ प्रशस्त रहेका छन् । झरना र गुफा, लेकहरुले जल्पा आउने पर्यटकलाई पटक पटक आउने गरी लोभ्याउने गरेको छ । नगरपालिकामा मात्र सीमित हुने गरेका पर्यटन गतिविधि अब गाउँपालिकाका वडा वडामा विस्तार भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  ०२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC