site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मूर्खतापूर्ण टिप्पणी नदिन पेन्सलाई उत्तर कोरियाको चेतावनी
Sarbottam CementSarbottam Cement

बीबीसी । उत्तर कोरियाकी वरिष्ठ अधिकारी छोए सन्ह्वीले अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई ‘मूर्ख’ भन्दै उनले मंगलबार दिएको बयानको कडा आलोचना गरेकी छन् । पछिल्ला केही दिनहरुमा उत्तर कोरियाले दिइरहेको यस प्रकारको प्रतिक्रियापछि दुईदेशबीच तय भएको बैठक संकटमा परिरहेको बताइएको छ । ट्रम्पले पनि यसअघि जुन १२ मा निश्चित गरिएको बैठक स्थगित हुने वा रद्द समेत गर्न सकिने संकेत दिएका थिए ।

वास्तवमा गत साता राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियालाई लिबियासँग तुलना गरेपछि किम आफैँले आक्रामक प्रतिक्रिया दिँदै बैठकमा सहभागी नहुने धम्की दिएका थिए । उत्तर कोरियाले लिबियाका अगाडि आफ्ना हतियार अतुलनीय रहेको विश्वास गर्ने हुनाले नै यस विषयलाई अत्यन्तै संवेदनशील मान्ने गरेको छ । तर बारम्बार चेतावनी दिइरहँदा पनि मंगलबार उपराष्ट्रपति पेन्सले फेरि बोल्टनकै भनाइ दोहोर्याएर उत्तर कोरिया लिबियाको अवस्थामा पुग्न सक्ने बताएका हुन् जसलाई अहिले उत्तर कोरियाले ठूलो अपमानका रुपमा लिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसै विषयमा पेन्सलाई प्रतिउत्तर दिँदै लामो समयदेखि अमेरिकासँगको कूटनीतिक छलफलमा आबद्ध वरिष्ठ राजनीतिज्ञ सनह्वीले भनिन्, ‘पछिल्ला केही दिनदेखि पेन्सले मिडियामा लापरबाहीपूर्वक बयान दिइरहेका छन् । अमेरिकी राजनीतिमा संलग्न उपराष्ट्रपति जस्ता व्यक्तिको मुखबाट मैले त्यस्तो अनभिज्ञ र मूर्खतापूर्ण टिप्पणी सुन्नु पर्दा अहिले म धेरै आश्चर्यमा परेकी छु ।’ यति मात्र नभएर उनले पेन्सलाई ‘पोलिटिकल डमी’ अर्थात् ‘कृतिम राजनीतिज्ञ’ को नाम समेत दिएकी छन् । उनको सो बयानबारे उत्तर कोरियाको आधिकारिक संचार केसिएनएले उल्लेख गरेको हो ।

त्यसकारण आफूहरुले अमेरिकासँग वार्ताका लागि कुनै भिख नमाग्ने हुँदा अमेरिकाले उत्तर कोरियाको सामना बैठकबाट गर्ने वा हतियारमार्फत गर्ने भन्ने पनि अमेरिकाकै हातमा रहेको उनले बताएकी हुन् । उता राष्ट्रपति ट्रम्पले भने आफ्नो अडान नछाड्ने बताउँदै बैठकको तयारी अघि बढाउन पहिले उत्तर कोरियाले अमेरिकाको माग पूरा गर्नुपर्ने बताइरहेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC