site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका बारेमा छलफल भएको छ । 

ऊर्जा मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटवार्तामा मन्त्री पुनले अमेरिकाको सहयोगमा सञ्चालित मिलिनियम च्यालेन्ज कर्पोरेशनसँग सम्बन्धित कार्यक्रम समयभित्र पूरा गर्ने तयारी मन्त्रालयले गरेको बताउँदै त्यसका लागि सरकारका तर्फबाट कुनै समस्या नपर्ने धारणासमेत राखे । अमेरिकाले अगाडि बढाएको नमूना परियोजनाका रुपमा विकास गरेर अघि बढाउने सरकारको तयारी रहेको जानकारीसमेत उनले दिए ।  

मन्त्री पुनले अमेरिकी लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि वातावरण बनाइदिन आग्रह गरे । अमेरिकी सहयोगमा रातोमाटे–दमौली, दमौली–बुटवल, बुटवल–हेटौंडा र रातोमाटेदेखि लप्सीफेदीसम्म ४०० केभी प्रसारण लाइन निर्माण हुनेछ । त्यसैगरी बुटवलदेखि सुनौलीसम्म अन्तरदेशीय प्रसारण लाइनसमेत निर्माण गर्ने समझदारी भइसकेको छ । सो अवसमार नेपालको विकास र ऊर्जा क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC