site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा समेत संशोधन प्रस्ताव दर्ता भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका तर्फबाट बैठकमा संशोधनको प्रस्ताव दर्ता भएको हो । राष्ट्रियसभा बैठकमा बिहीबारदेखि शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेसका सुरेन्द्रराज पाण्डे, फोरमकी प्रमिला कुमारी तथा राजपाका वृषेशचन्द्र लालले संशोधनको प्रस्ताव दर्ता गराएका हुन् ।  

संघीय संसद्को यही जेठ ७ गते बसेको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामुख र राष्ट्रियसभाका अध्यक्षको मर्यादा ख्याल नगरिएको भन्दै संशोधन प्रस्ताव दर्ता गरिएको सांसद पाण्डेले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  ०१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC