बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले उत्तर कोरियाका नेता किम जोङ उनसँग हुने भनिएको वार्ता रद्द गरिएको बताएका छन् । यो समय उत्तर कोरियासँग वार्ताको समय उचित नभएको बताएका छन् ।
उत्तर कोरियाका नेता उनलाई लेखेको पत्रमा कुनै दिन वार्ताको विषयमा उत्सुक भएको उल्लेख गरिएको छ ।
ट्रम्पले अहिले उत्तर कोरियाले देखाएको व्यवहार शत्रुता बढेको बताउँदै यस्तो समयमा वार्ता हुन नसक्ने बताएका छन् । यसअघि उत्तर कोरियाली नेता चो सोन हुईले अमेरिकी उपराष्ट्रपति माइक पेन्सको बयान बकवास भएको बताएका थिए ।
उत्तर कोरियाले भने सिँगापुरमा हुने भनिएको वार्ता स्थगितको घोषणाले दुखित बनाएको बताएको छ ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाले बताएअनुसार ट्रम्पको यो फैसला विश्वका जनताको चाहनाअनुरुप छैन । उत्तर कोरियाले आफू वार्ताका लागि तयार भएको बताएको छ ।