site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
२५ वर्षपछि..., ७१ वर्षअघि...
Sarbottam CementSarbottam Cement

राष्ट्रकवि माधवप्रसाद घिमिरे अहिले भारतको मेदान्त अस्पतालमा उपचाररत छन् । सय वर्ष प्रवेशको संघारमा रहेका उनी अस्पतालको शैय्यामा भएपनि कला साहित्यप्रतिको उनको रुची मर्न त के अलिकति पनि कम भएको छैन । ग्रान्डी अस्पतालमा आफ्नो रेखदेखमा रहेका आफन्त तथा उपस्थित शुभचिन्तकका माझ उनले एउटा गीत गुनगुनाए । गीतको बोल थियो, –‘तिर्खाकी पानी...’ । गीत आफ्नै थियो । 

वि.सं. २००३ सालमा आफैंले लेखेको गीत उनले ०७४ को जेठमा गाए । उनका कयौं गीतमा धुन भरिएका छन् । कयौं गीतमा स्वर भरिएका छन् । कयौं गीतले स्रोताको मन जितेका छन्, तिनै सयौं गीतहरुको भीडबाट उनले ‘तिर्खाकी पानी...’ सम्झिए र काम्दै गरेको स्वरमा गाए । 

संयोग ‘तिर्खाकी पानी...’ वि.सं. २००३ सालमा लेखिए पनि गाइएको भने ०७४ सालमा थियो । लेखेको ७१ वर्ष पछि यो गीत दिवाकर शर्माले आफ्नो पहिलो गीति एल्बमका लागि छाने । उनलाई गीत मन पर्यो । शक्ति बल्लभले सुमधुर संगीत भरे र ओजिलो आवाजमा दिवाकरले गाए । 

Prabhu Bank
Agni Group
NIC Asia

गीत तयार भयो । भिडियोमा राष्ट्रकवि पनि देखिए । उनको बुढ्यौली स्वास्थ्यका कारण घिमिरेको गीतले भने जस्तो तरुण भएर प्रस्तुत त हुन सकेनन् । तर, ठाउँ ठाउँमा देखिए । तरुण हुँदा लेखेको गीतमा उनी पनि देखिए । दिवाकरका लागि यतिमात्रै पनि काफी थियो । 

बिकाउ हैन, टिकाउ गीत खोज्दै जाँदा उनी राष्ट्रकवि समक्ष पुगेका थिए । “उहाँको यति राम्रो गीत पाउनु मेरा लागि भाग्यको कुरा थियो । त्यसमा पनि उहाँलाई भिडियोमा देखाउन पाउनु मेरा लागि अहोभाग्य नै हो ।” दिवाकर नतमस्तक भए उनको सुन्दर सिर्जनालाई थप जिवन्त पार्न एक अंश बन्न पाएकोमा । अनि भावुक हुँदै भने, “म उहाँको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्छु । हामी उहाँलाई उस्तै रसिक र क्रियाशील भएको देख्न पाउँ ।” 

Global Ime bank

० ० ०
बुवा हार्मोनियम बनाएर भजन गाउँथे । त्यही हार्मोनियममा औंला डुलाएर दिवाकर हुर्किए । दिदी र दाइ गीत गाउँथे । त्यसको प्रभाव उनको बाल मनोविज्ञानमा पर्यो । काठमाडौंमै लेखपढ गरेका उनले शास्त्रीय संगीत सिक्न थाले । कमलप्रसाद क्षेत्री र गुरुदेव कामतसँग उनले लामो समय सुर र तालको ज्ञान लिए । राग र आलापमा आफ्नो गला मिसाए ।  
गीत गााउन सजिलो थिएन । रेडियो नेपालमा स्वर परीक्षा पास गर्नुपथ्र्यो । ०४७ सालमा उनी आफूलाई संगीतको परीक्षामा आफ्नो गलाको मापन गर्न रेडियो नेपाल पुगे । रेडियो नेपालको नजरमा उनको गला अब्बल प्रमाण्ीित भएन । सायद सुर छोडियो । तालमा गला चिप्लियो । उनी खाली हात घर फर्किए । 

फेरि, 
दुई वर्षपछि उनी आफ्नो गलाको कला देखाउन रेडियो नेपाल पुगे । कठोर मेहनत र लगनको परिणाम अपेक्षित आयो । रेडियो नेपालले गीत गाउनका लागि योग्य भएको सर्टिफिकेट दियो । 

उनले स्वर परीक्षाका लागि नयाँ गीत गाएका थिए । डेट पाएपछि त्यही गीत रेकर्ड गराए । धेरैले उनलाई भने “भक्तराज आचार्यको जस्तो स्वर रहेछ ।” गाउँघरमा लोकलयका गीत सुनेर हुर्किए पनि दिवाकर सुगम संगीतका शौखिन थिए । नारायण गोपाल र भक्तराजलाई पछ्याउँथे । धेरैले उनै आइडल भक्तराजको स्वरसँग आफ्नो स्वरको गुणस्तर तुलना गरेकामा उनी खुसी नै भए । 

० ० ०
काठमाडौं हो, बस्न त्यति सहज थिएन । पाइला पाइलामा काँडा टेक्नुपथ्र्यो । संघर्ष त पर्यायबाची थियो जीवनको । बढ्दै गरेको जिम्मेवारीको बोझले उनी किचिन थालेका थिए । जिम्मेवारी बहन गर्न रोजगारी गर्नुपर्ने थियो । रेडियो नेपालले कर्मचारी माग्यो । उनले आवेदन हाले । ५ औं तहमा कार्यक्रम प्रस्तोता तथा प्रोडुसरको जिम्मेवारी पाए । 
एकातिर रोजगारीको भारी अर्कोतिर गायनको शोख, दुबैलाई समानान्तर रुपमा लैजान उनलाई हम्मेहम्मे भयो । दैनिक काममै ब्यस्त हुन थाले दिवाकर । गीतको संख्या कम हुँदै गयो । 

ओजपूर्ण आवाजले रेडियो प्रस्तोतामा उनको पहिचान बन्दै गैरहेको थियो । रेडियोमा सुनेकै भरमा बाहिर स्वर सुनेर चिन्ने थुप्रै हुन्थे । त्यसमै चित्त बुझाइरहेका थिए दिवाकर । गायनको तीर्खा मेटिएको थिएन । उनको स्वरका प्रशंसक पनि घटेका थिएनन् । तर पनि उनले फाट्टफुट्टबाहेक गीत गाउन सकेनन् ।  

गुरुदेव कामत उनलाई बेलाबेलामा झक्झक्याइरहन्थे । “राम्रो स्वर भएको दिवाकर कहाँ हरायो” भन्थे । दिवाकर भने आकांक्षा खुम्च्याएर बसिरहेका थिए । अरुका गीत रिलिज र एल्बम बिमोचनमा हिँड्दै फुर्सद थिएन । स्क्रिप्ट लेख्दै र पढ्दैमा भ्याइनभ्याई थियो उनलाई । 

आफ्नै सुमधुर स्वर भए पनि उनी अरुकै स्वरको प्रशंसा गरेर समय बिताउँथे । स्टुडियोबाट अरुकै स्वर बजाउँथे । थोरै संख्यामा भए पनि उनका गीत त थिए । तर उनले आफैले ‘अब सुन्नुस् दिवाकर शर्माको स्वरमा रहेको गीत’ भनेर कहिल्यै उद्घोष गरेनन् । भलै उनका साथीहरुले भने उनका गीत बजाउँथे । “मैले आफ्नै गीत बजाएर नैतिकताको खडेरी पर्न दिइन । त्यो पापबाट म टाढै रहेँ,” उनी भन्छन् ।  

० ० ०
रेडियोबाट दिवाकरको आवाज घन्किएको २० वर्ष भयो । उमेर ढल्किँदै गयो । जागिर अवधी छोटिँदै गयो । कार्यक्रमको संख्या घट्दै गयो । अबको केही वर्षपछि दिवाकर रिटायर्ड हुन्छन् । त्यसपछि रेडियोमा बोल्ने दिवाकर खोई ? खोई उसका कृति ? न दिवाकरको आवाज सुनिन्छ न खोज्दा उनका कृति नै भेटिन्छन् । 
दुई दशकदेखि यस्ता थुप्रै प्रश्नको सामना गरेका उनलाई विस्तारै जिज्ञासाहरु जायज लाग्न थाले । आफैले आफ्नो समीक्षा गरे । स्वर बसेको दिन । प्राण पखेरु उडेको दिन कहाँ भेटिन्छ दिवाकर ? 

सोचे, छोडेर जाने एउटा कृति चाहिन्छ । जानेको गाउन नै हो । सिकेको गायन नै हो । साथी तथा सुभेच्छुुकले घचघच्याएको गाउन नै हो । त्यसैले गाउनु नै पर्छ, उनले निष्कर्ष निकाले ।

गीति एल्बम निकाल्नु थियो । त्यसका लागि गीत खोज्नु थियो । थाले खोज्न । राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीत छाने । डा. नवराज लम्सालको ‘रुँदै काखामा...’ भेटियो । गोविन्द कुँइकेलले ‘मैले बसाइँ सरेपछि...’ दिए । सुवासचन्द्र ढुङ्गेलको ‘उसको नजरमा...’ मन पर्यो । गोविन्द कुँइकेलकै ‘अब मायाको...’ ले पनि दिवाकरको मन छोयो । क्रमशः शक्ति बल्लभ, बुलु मुकारुङ, राजु सिंह, कीर्ति न्यौपाने र राजु सिंहले संगीत भरे । ५ वटा गीत रहेको सुगम संगीत समाविष्ट ‘तिर्खाकी पानी’ एल्बम तयार भयो । दिवाकरले स्रोतामाझ सिंगो कोशेली चढाए स्वर परीक्षा पास गरेको २५ वर्षपछि । 

दिवाकरको जीवनमा एउटा संयोग भनौं या त्यसलाई रोजे उनले । जिविको धान्ने पनि माइक जिवन्त राख्ने पनि माइक । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC