site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एसएसपी खत्री र व्यापारी अग्रवाललाई रेडकर्नर नोटिसको तयारी
Ghorahi CementGhorahi Cement

काठमाडौं । गायब भएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्याका फरार अभियुक्त एसएसपी श्याम खत्री र सुन व्यापारी एमके अग्रवालसहित ७ जनाविरुद्ध रेडकर्नर नोटिस जारी हुने भएको छ । सुन गायब र सनम हत्याकाण्डको अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले त्यसको कानुनी गृहकार्य सुरु गरेको छ । 

गत माघ पहिलो साता युएइबाट आएको साढे ३३ किलो सुन गायब भएपछि त्यसमै जोडिएर मोरङ उर्लाबारीका सनम शाक्यको यातनाबाट हत्या भएको थियो । सुन तस्करी र सनम हत्यामा संगठित गिरोह नै लागेको निष्कर्ष निकाल्दै गृह मन्त्रालयको समितिले छानबिन गरिरहेको छ । घटनामा चूडामणि उप्रेती ‘गोरे’को मुख्य अभियुक्त बनाएर ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । मंगलबार पक्राउ परेका गोरेलाई पनि रेडकर्नर नोटिस जारी गरेर विश्वभरका १ सय ९२ मुलुकमा खोजी तिव्र पारिएको थियो । 

Agni Group

यो घटनामा प्रहरीका बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीद्वय सञ्जय राउत र प्रजित केसी, सइ बालकृष्ण सञ्जेलको पनि संलग्नता देखिएकोले उनीहरुसहित २८ जनालाई मोरङ अदालतले पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिइसकेको छ । अनुसन्धान समितिका एक सदस्यले भने, “फरार रहेकामध्ये एसएसपी श्याम खत्री, हरिशरण खड्का, एमके अग्रवाल, बाजेको सेकुवाका मालिक चेतन भण्डारी, छिरिङ वाङगेल गुरुङ र सुनिल अग्रवाललगायत ७ जनालाई रेडकर्नर नोटिस जारी गर्ने तयारीमा छौं ।’ उनका अनुसार यो प्रक्रिया एक साताभित्रै टुङ्गो लाग्नेछ । 

“फरार अन्य अभियुक्तहरु सामान्य प्रकारका छन्, सम्भवतः उनीहरु छिट्टै समातिन्छन् । तर ६–७ जनाको हकमा भने नोटिस नै जारी गर्नुपर्ने अवस्था छ,” ती अधिकारीले भने । भारतमा केही अभियुक्त लुकेको जानकारी आफूहरुलाई भएको र त्यसका लागि कूटनीतिक पहलमार्फत् समातेर नेपाल ल्याउने तयारी भएको उनले बताए । 

Global Ime bank

पक्राउ पूर्जी जारी भएका फरार अभियुक्तको अन्तर्राष्ट्रिय स्तरमा खोजीका लागि जारी गरिने सूचनालाई रेडकर्नर नोटिस भनिन्छ । अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल) ले सूचना जारी गरेपछि विश्वका १ सय ९२ वटा मुलुकमा फरार अभियुक्तको खोजी गरिन्छ । अभियुक्त फेला परेमा अपराधीलाई सम्वन्धित राष्ट्रसमक्ष बुझाइन्छ  । 

यो पनि

कहाँ छन् गोरेले नाम लिएका एसएसपी श्याम खत्री ? प्रहरी भन्छ– खोजिरहेका छौं

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC