site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तेस्रो मिष्टर काठमाडौं प्रतियोगिता भदौमा हुने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । तेस्रो मिष्टर काठमाडौं प्रतियोगिता, महिला एथलेटिक्स फिजिक्स तथा दोस्रो जुनियर मिष्टर काठमाडौं प्रतियोगिता भदौमा हुने भएको छ । काठमाडौं शारीरिक सुगठन संघले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी दिएको हो ।
प्रतियोगिता भदौ २२ र २३ गते दुई दिनसम्म चल्नेछ । मिष्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा ६ वटा समूह रहेको छ । ५५, ६०, ६५, ७०, ७५ तथा ७५ भन्दा माथि तौल समूह रहेका छन् ।
प्रत्येक तौल समूहका विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले ३ हजार प्राप्त गर्ने छन् ।
पहिलो राउण्डबाट फाइनल राउण्डमा प्रवेश गरेका खेलाडीबीच प्रतिस्पर्धा गरी विजेता खेलाडीको टुंगो लगाउने आयोजकले बताएको छ । फाइनल राउण्डमा प्रथम हुनेले मिस्टर काठमाडौंको उपाधिसँगै १ लाख नगद प्राप्त गर्ने छन् । 
महिला प्रतिस्पर्धा अन्तर्गत ओभरअलमा पहिलो हुनेले ३० हजार नगद प्राप्त गर्ने छिन् । दोस्रो र तेस्रो हुने हुनले क्रमशः १५ हजार र ५ हजार प्राप्त गर्ने छन् । 
जुनियर मिष्टर काठमाडौं सुगठन प्रतिस्पर्धामा ओभरअलमा पहिलो हुनेले ३० हजार नगद पुरस्कारसहित ट्रफि पाउने छन् । दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार र ५ हजार प्राप्त गर्ने छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC