site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गोरेको बयान ३ दिनमा पनि सकिएन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याको मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)को बयान ३ दिनमा पनि सकिएको छैन । बुधबार, बिहीबार र शुक्रबार गरेर जिल्ला अदालत मोरङमा २७ पेजको बयान दिएको उनका कानुन व्यवसायी यमबहादुर मगरले बताए । बुधबार ५ पेज, बिहीबार ११ पेज र शुक्रबार ११ पेजको बयान लिइउको छ । 
कानुन व्यवसायी मगरका अनुसार बयान घटनाक्रमको अन्तिम अवस्थामा आइपुगेको छ । अब यातना दिएको भिडियोमा देखिएका मानिसहरु (भिडियो देखाउँदै) को बारेमा सोधिने उनले बताए । गोरेले गरेको भनिएको सुन तस्करीको सुरुवात, तस्करीमा संलग्न व्यक्तिहरु, सनम शाक्य हत्या र हत्यामा संलग्न भनिएका अभियुक्तहरुको विषयमा गोरेले बताइसकेका छन् । 
१५३ पेजको अभियोगपत्रमा उल्लेख भएका अभियुक्तहरुको विषय र घटनाक्रमको विषयमा एक–एक गरेर गोरेसँग बयान लिइएको छ । बयान आइतबार दिउँसोसम्ममा सकिने कानुन व्यवसायी मगरले बताए । जिल्ला अदालत मोरङका न्यायधिश नारायण शर्माको एकल इजलासमा मुख्य अभियुक्त गोरेको बयान भइरहेको छ । बयान सकिएपछि गोरेको विषयमा थुनछेक बहस सुरु हुनेछ । 


 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC